बाराबाट सरोज कुमार यादब मधेश प्रदेशको मुख्यमन्त्री बन्दै

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

बारा । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल भएर दोश्रो पटक सम्पन्न निर्वाचनपछि बाराले मधेश प्रदेशको मुख्यमन्त्री पाउने भएको छ । मध्यकालिन ईतिहासको राजधानी तिरहुत सिम्रौनगढमा जन्मिएका सरोज कुमार यादब पहिलो पटक बाराबाट मुख्यमन्त्री बन्न लागेका हुन ।

 मधेश प्रदेशका निवर्तमान सभामुख समेत रहेका यादबले आज सत्ता राजनैतिक दलहरुको छलफल कार्यक्रम गरी आज अथवा भोली अन्तिममा मुख्यमन्त्री दावी गर्ने बताउनु भएको छ ।


सत्ता साझेदार दलहरुले मधेश प्रदेशमा जसपालाई मुख्यमन्त्री दिने गरी सरकार बनाउन सहमति गरेको छ । त्यसैले पनि यादब मुख्यमन्त्री हुने निश्चित जस्तै छ । जसपा मधेस प्रदेश संसदीय दलको नेतामा चयन भएका यादव बारा निर्वाचन क्षेत्र १ को २ बाट प्रदेशसभा निर्वाचनमा विजयी भएका हुन । उनी ०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए ।

को हुन त सरोज कुमार यादब ?

पञ्चायतकालदेखिनै राजनैति गर्दै पटक पटक पञ्चायतकालका मुखिया बनेका र प्रजातन्त्र आएपछि हरिहरपुर गाबिसका अध्यक्ष रहेका बुबा प्रमानन्द यादबका छोरा सरोज यादब बाबुको राजनैतिक कर्मलाई पछयाउदै आएका छन । बुबा सद्धभावना पार्टीका संस्थापक गजेन्द्र नारायण सिंहको सस्थापक सदस्य समेत रहेका थिए ।

आफनो गाउ र समाजमा राम्रो छाप छाड्न सफल यादब परिवारलाई त्यहाका जनताले सधै दरिलोसाथ दिएका कारण पटक पटक हरेक निर्वाचनमा बिजयी हुदै आएका छन । जसको कारण सरोज यादब हरिहरपुर गाबिस बाराको गाबिस अध्यक्ष हुदै मुख्यमन्त्री बन्ने दौडमा छन । बुबा पछि गाबिस अध्यक्षबाट राजनिति शुरु गरेको यादब स्वास्थ्य राज्य मन्त्री हुदै तिन पटक संघीय सरकारको मन्त्री भईसकेका छन ।

राजेन्द्र महतोको नेतृत्वमा रहेको तत्कालीन सद्भावना पार्टीबाट केन्द्रमा उद्योग राज्यमन्त्री भसकेका यादवले देश संघीयता गएपछि भएको पहिलो निर्वाचनमा संघभन्दा प्रदेशतर्फ आफूलाई केन्द्रित गरे । २०७४ को पहिलो प्रदेश निर्वाचनमा बाराबाट निर्वाचित भएपछि यादव तात्कालीन राजपाबाट प्रदेश सभाको सभामुख बनेका थिए ।

मधेस प्रदेशको नामाकरण र राजधानी निर्धारण गर्दा उनको भूमिकालाई मधेसमा प्रशंसा गरिएको थियो । त्यसैले पनि अन्य प्रदेशका भन्दा मधेशमा सफल सभामुखकारुपमा परिचय बनाएका यादब ०७४ को निर्वाचनमा राजपाबाट निर्वाचित भएपनि पार्टी एकीककरणपछि अन्य नेतासँगै जसपामा रहे । जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो अलग भएर लोसपा गठन गर्दा उनी जसपामै रहेका हुन । पहिलो पटकनै मुख्यमन्त्री मागेका यादबले सभामुखमा चित्त बुझाउनु परेपछि लोसपा फुट्ने बेलामानै जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रदेसको मुख्यमन्त्रीको दिन माग गरेका थिए ।

मधेस प्रदेशमा १६ सांसदसहित तेस्रो र निर्णायक दल रहेको जसपामा दलको नेता बन्न मुख्यमन्त्री लालबाबु राउत र सरोज यादवबीच चुनावी प्रतिस्पर्धा हुने तय भएको थियो । दुवैले उम्मेदवारी दिए पनि अन्तिम समयमा पार्टीका सांसदहरुको साथ नपाउने देखेपछि राउत ‘ब्याक’ हुन बाध्य भएका थिए ।

जसपाको प्रदेश र केन्द्र दुवैको संसदीय दलको नेता बाराबाटै

जसपाको केन्द्रमा बाराकै राम सहाय यादब संसदीय दलको नेतामा चुनिएका छन् । जसपाको केन्द्र र मधेशमा संसदीय दलको नेता बाराले हात पारेको हो । त्यसो त पार्टी अध्यक्ष उपेन्द्र यादबले निर्वाचन अघिनै बाराबाट निर्वाचन लड्ने मनसाय राखेपनि अन्तिममा आएर सप्तरी पुगेका थिए । सप्तरीबाट पराजित अध्यक्ष यादब केही समय भित्रै पुन बाराबाट उपनिर्वाचन लड्ने चर्चा छ । यादब बाहुल्य क्षेत्र रहेको र दुवै यादबको साथ पाए बारा निर्वाचन क्षेत्र नं. २ हालका महासचिब एवम पार्टीका संसदीय दलका नेता रहेका यादबलाई उच्च ओहदामा नियुक्त दिलाई आफु संसदमा जाने यादबको रणनिती रहेको चर्चा छ ।

मधेश सरकार बनाउन दावी गर्ने भोली अन्तिम दिन

मधेस प्रदेशमा सरकार बनाउन पुस २८ गतेभित्र दाबी प्रस्तुत गर्न राजनीतिक दललाई आह्वान गरिएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबारनै सरकार गठनका लागि आह्वान गरी सकेका छन ।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्न पुस २८ गते अपराह्न ४ बजेसम्मको समय दिइएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाको सदस्यलाई दाबी पेस गर्न विज्ञप्तिमा भनिएको छ ।

मधेस प्रदेशसभामा एक सय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा ९एकीकृत समाजवादी० ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन ।

मधेश प्रदेशका मुख्यमन्त्रीका दुई दाबेदारको उम्मेदबारी बाराबाटै

शेयर
प्रतिक्रिया
Skip to content