बारा । मधेस प्रदेशको मुख्यमन्त्रीमा बारा निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित सरोजकुमार यादव नियुक्त हुनु भएको छ बुधबार ६३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका ५१ वर्षीय यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्त गरेका हुन् ।
वि.स.२०२८ माघ १० गते बाराको एतिहासिक धार्मिक महत्वको सिमरौनगढ नगरपालिका–३ मा जन्मिएका हुन । स्वर्गिय बुबा परमान्नदप्रसाद यादव र आमा सिकिल देवीको कोखबाट जन्मेका हुन । स्व. बुबा प्रमानन्द यादब समेत पञ्चायतदेखिनै गाँउको मुखिया हुन । प्रजातन्त्रपछि पनि बुबा हरिहरपुरको गाबिस अध्यक्ष भएका थिए ।
२४ वर्षकै उमेरमा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दापढ्दै तत्कालीन हरिहरपुर गाविसको अध्यक्षमा पहिलो पटक निर्वाचित भएर राजनैतिक यात्रा शुरु गरेका यादबले २०५९ सालसम्म उनी गाविस अध्यक्ष हुँदा लोकप्रियता कमाएका थिए ।
गाँउ आसपासमा धार्मिक, शिक्षा, सामाजिक र स्वास्थ्य क्षेत्रमा उनका परिवारले जग्गा र नगद दान गरेकाले यसक्षेत्रमा उनको परिवारको योगदान छ । त्यसैले पनि हरेक पटक जनताकोसाथ पाउदै आएका यादब परिवारबाट यादब यसपटक मुख्यमन्त्री बनेका छन् ।
धनाढ्य जमिन्दारकारुपमा पहिचान बनाएका यादब परिवारका सरोजले माध्यमिक शिक्षा गाउँनजिकै सिम्रौनगढस्थित कंकाली माविबाट लिएका हुन् । उनले प्रवीणता प्रमाणपत्र तह आईएससी सम्म अध्ययन गरेका छन् । पाँच वर्षसम्म सभामुखको अनुभव बटुलेका उनले २०७९ को चुनावमा सोही क्षेत्रबाट एमालेको तालमेलमा जसपाको तर्फबाट उम्मेदवार भएर विजयी भएर मुख्यमन्त्री भएका हुन । बुबा पछि उनी गाबिस अध्यक्ष बनेका हुन उनी प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । ०४८ सालबाट राजनीति सुरु गरेका यादव ०५४ सालमा बाराको तत्कालिन हरिहरपुर गाविसको अध्यक्ष बनेका थिए ।
०६४ सालको निर्वाचनमा उनी बारा निर्वाचन क्षेत्र १ बाट तत्कालिन सद्भावना पार्टीबाट संविधान सभा सदस्य भएका थिए । ०६६ सालमा माधव नेपाल नेतृत्वका सरकारमा उनी वाणिज्य तथा आपुर्ती राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका थिए ।
सद्भावना पार्टीको ०६९ सालमा उनी महासचिव बनेका थिए । ०७३ सालमा सोही पार्टीमा उपाध्यक्ष भएका यादव तत्कालिन राष्ट्रिय जनता पार्टी राजपा गठन हुँदा समेत उपाध्यक्ष नै थिए । ०७४ को प्रदेशसभा निर्वाचनमा राजपाबाट बारा निर्वाचन क्षेत्र १ को ‘ख’बाट निर्वाचित भएका थिए ।
मधेसमा त्यतिबेला दोस्रो दल रहेको राजपाबाट उनी निर्विरोध सभामुख पदमा चयन भएका थिए । तर जसपाबाट महन्थ ठाकुर समुह अलग्गिएर लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठन गर्दा उनी जसपा नै रोजेका थिए । अहिले जसपाबाट उनी मुख्यमन्त्री बनेका छन् ।