सिमरा । नेपाल तेक्वान्दो संघको जीतपुरसिमरा नगर समितिको अध्यक्षमा तेक्वान्दोका पुर्व खेलाडि सुभाष पौडेल भएका छन् । सिमरामा सोमबार सम्पन्न पूर्व तेक्वान्दो खेलाडीहरुको भेलाले सर्वसम्मत् समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा बाबु मगर, महासचिवमा सरोज लामिछाने, सचिव सन्तोष गिरी, कोषाध्यक्ष उपकार क्षेत्री रहेका छन् । यसैगरी कमिटीको सदस्यमा हरी श्रेष्ठ, उदयराज पाण्डे, ईश्वर सापकोटा, नागेन्द्र चौधरी, पुष्पा रखाल मगर र विकास तामाङ रहेका छन् ।
भेलामा संघका प्रदेश महासचिव राजकुमार लामा, जिल्ला अध्यक्ष चित्रबहादुर लामा र तेक्वान्दो प्रशिक्षक बिजय ठकुरी लगायतको उपस्थिती रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र तेक्वान्दो खेलको गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउन कमिटी गठन गरिएको प्रदेश महासचिव लामाले बताए । कार्यक्रममा पहिलो डान प्राप्त गरेका पूर्व खेलाडी मगर, क्षेत्री र श्रेष्ठलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।