सिमरा । मधेश प्रदेश सरकारले भोली बिहिबार मधेश प्रदेश भरी सार्वजनिक विदा दिएको छ ।
प्रदेश राजपत्रमा उल्लेखित बलिदानी दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदा दिएको हो । मधेश सरकारको गृह तथा सँचार मन्त्रालयद्धारा जारी गरिएको प्रदेश राजपत्र २०७९ मा थप गरिएको विदाहरुमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश संघीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक विदा दिदैँ आएको छ ।
प्रदेशको ८ वटै जिल्लामा भोली सरकारी कामकाजहरु बन्द रहने जनाईएको छ । मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ । सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत भएका थिए ।