स्थानीय सरकारको मापनमा खेल भएपनि उचित प्राथमिकता पाएन – पूर्व मन्त्री पौडेल

तराइ संचार
तराइ संचार 1.3k - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

सिमरा । नेकपाका नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले समाजमा हरेक मापनमा खेल पनि एउटा मापनको आधार भएपनि स्थानीय तहहरुले उचित प्राथमिकता दिने नगरेको आरोप लगाउनु भएको छ । सो मापन अनुसार खेल क्षेत्रको पनि विकास हुनुपर्ने र राष्ट्रिय खेलकुद ऐन र सरकारको नीति अनुरुप १ प्रतिशत बजेट खेलकुदमा छुट्टयाउनु पर्ने भएपनि न्यून बजेट छुट्टयाउने गरेको आरोप लगाउनु भएको छ । उपमहानगरपालिका बनेको लामो समय भईसके पनि एउटा कभर्डहल समेत बन्न नसक्नु लाजमर्दो विषय भएको उहा“ले बताउनु भएको छ । राष्ट्रिय खेलकुद ऐन र सरकारको नीति अनुसार खेल क्षेत्रमा कम्तीमा पनि स्थानीय तहहरुले सम्पूर्ण बजेटको एक प्रतिशत बजेट अनिवार्य छुट्टाएर खेलकुदको बिकास गर्नुपर्ने कुरामा उहा“ले जोड दिनु भयो ।

नेपाल खेलकुद महासंघका अध्यक्ष समेत रहेका नेता पौडेलले नेपाल करा“ते महासंघ जीतपुर डोजोद्वारा आयोजित बेल्ट परीक्षा कार्यक्रममा शनिवार बोल्दै सो कुरा बताउनु भएको हो । उहा“ले खेलकुद एउटा अहिलेको अवस्थामा नाम, इज्जत र प्रतिष्ठा कमाउने राम्रो थलो र स्वास्थ्यको लागि समेत अनिवार्य भएको अवस्थामा यसको बिकासका लागि तीनै तहका सरकारको विशेष ध्यान जान जरुरीरहेको बताउनु भयो । खेलकुद बालबालिकाको नैसर्गिक अधिकार अन्तर्गत पर्ने भएको हु“दा गाउ“ठाउ“को नाम र प्रतिष्ठा समेत जोडिएका तेक्वान्दो करा“ते जस्ता खेलहरुलाई खेल्ने ठाउ“ नहु“दा प्रशिक्षणमा अप्ठ्यारो पर्ने गरेको भए पनि नगरलाई कभर्डहल निर्माणमा दबाव दिन जरुरी रहेको बताउनु भयो । नेता पौडेलले आफू भ्रमणको क्रममा प्रदेश नं. १ मा जा“दा त्यस क्षेत्रका सम्पूर्ण गाउ“पालिका, नगरपालिकाहरुले १ प्रतिशत बजेट अनिवार्य रुपमा खेलकुदका लागि छुट्टयाउने र सो अनुरुप काम गर्ने गरेको पाएको भए पनि प्रदेश नं. २ मा भने त्यस्तो हुन नसकेको बताउनु भयो । राजनीति र खेलकुद क्षेत्र धेरै फरक रहेको बताउ“दै नेता पौडेलले खेलकुदमा गुरु र चेला आदर र सत्कार र अनुशासन भए पनि राजनीतिमा भने जाती, भाषा, क्षेत्र, उच्चनिच, गुट–उपगुट हुने गरेको उहा“ले बताउनु भयो । यसका लागि निरन्तर प्रण र त्याग हुनुपर्ने अनि मात्र सफल खेलाडी बन्न सकिने उहा“ले बताउनु भयो ।

कार्यक्रममा नेकपा बाराका ईन्चार्ज अनिल श्रेष्ठले खेलकुद बिकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । खेलकुद बिकासका लागि आउने दिनमा आफ्नो तर्फबाट विशेष पहल गर्ने उहा“ले बताउनु भयो । जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरीले ठाउ“–ठाउ“मा जग्गा बिवादका कारण कभर्ड हल र बिकास निर्माणमा समेत समस्या हुने गरेको बताउनु भयो । उपमहानगरपालिकाको तर्फबाट खेलकुद क्षेत्रको लागि सक्दो सहयोग गर्ने उहा“ले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content