चौलागाईं फाउण्डेशनले प्रादेशिक अस्पताल कलैयालाई कम्बल वितरण

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 469 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । बाराको कलैयामा रहेको प्रादेशिक अस्पताल कलैयालाई चौलागाईं फाउण्डेशनले कम्बल वितरण गरेको छ ।

चौलागाईं फाउण्डेशनका अध्यक्ष सुशिल चौगाईले ५० थान कम्बल वितरण गरेका हुन् । अध्यक्ष चौगाईंले अस्पतालका सुपरीटेन्डेन्ट सुनिल जयसवालललाई कम्बल हस्तान्तरण गरेका थिए । अस्पतालमा उपचाररत विरामीका लागि लक्षित गरेर चौगाईंले कम्बल हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा अस्पताल बिकास समितिका अध्यक्ष प्रकाश चौगाईं, फाउण्डेशनका अनिल चौगाईं, कमलेश मण्डल, दिपेशलाल कर्ण, मुनिलाल यादव, अनिल चौरसिया, ऋषी साह लगायतको उपस्थिती रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content