बाराबाट प्रतिनिधित्व गर्दै नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमत

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । बाराबाट प्रतिनिधित्व गर्दै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभाबाट असाधारण बहुमत सहित बिश्वासको मत पाएका छन् । प्रदेशसभाको दोस्रो कार्याकालको तेस्रो बैठकबाट मुख्यमन्त्री यादवले सभामा उपस्थित सांसद १ सय २ मध्ये सबै सांसदको मत पाएका हुन् । उनलाई संसदको सबै दश दल र स्वतन्त्र सांसदले पनि बिश्वासको मत दिएका छन् ।

यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० वटै दलले उनलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री यादवले अब नेकपा एमालेका २४, कांग्रेसका २२, जसपाका १६, जनमत पार्टीका १३, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १, राष्ट्रिय प्रजातन्त्र पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १ तथा पाँचजना स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित १०२ प्रदेश सांसदको समर्थन छ ।

एमाले दलका नेता सरोज कुमार यादव, कांग्रेस दलका नेता कृष्ण प्रसाद यादव, जसपाका तर्फबाट लालबाबु राउत, जनमतका दलका नेता महेश प्रसाद यादव, लोसपाका दलका नेता अभिराम शर्मा, माओवादीका दलका नेता भरत प्रसाद साह, नेकपा एसका दलका नेता गोविन्द न्यौपानेका साथै राप्रपा, संघिय समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका पार्टीहरु र स्वतन्त्र सांसदहरुले आ–आफनो धारणा राख्दै मुख्यमन्त्री यादवलाई दिन लागेको बिश्वासको मतको आधार प्रस्तुत गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content