बलात्कार आरोपी वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

तराइ संचार
तराइ संचार 497 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा ।  किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

आदेशानुसार प्रहरीले उनलाई मंगलवार वीरगन्ज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताउनुभयो । थुनामा रहँदासम्म उनी निलम्बित रहने कानुनी व्यवस्था छ । पहिलो सुनुवाई हुँदा थुनछेक बहसको क्रममा कसुरदार देखिएकोले हाललाई पुर्पक्षमा पठाउने आदेश भएको उहाले बताउनुभयो ।

६ नम्बर इजलाशकी न्यायाधीस तारादेवी महर्जनको आदेशले अभियुक्त श्रेष्ठ थुनामा गएका हुन् ।  आरोप लागेर अभियुक्त तीन महिनादेखि फरार रहेका थिए ।

गत असोज १९ गते छिमेककी १४ वर्षिय एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोपमा पीडित किशोरीले असोज २५ मा उनीमाथि किटानी जाहेरी दिएकी थिइन ।

 

उजुरीपछि प्रहरीले किशोरीको असोज २५ नै कलैया अस्पतालमा स्वास्थ्य परीक्षण गराइ जबर्जस्ती करणी मुद्दा दर्ता गरेर बारा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरेको थियो ।

श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान थालेको निजगढ प्रहरीले अदालतबाट ३ पटकसम्म म्याद पाएको थियो । श्रेष्ठको अनुसन्धानमा पहिलो पटक ७ दिन, दोस्रो पटकको लागि १० दिन र तेस्रो पटक ६ दिनको म्याद पाएको प्रहरीले अनुसन्धान प्रकृया टुङ्ग्याएर सोमवार सरकारी वकिलको कार्यालयमार्फत श्रेष्ठलाई सोमवार अदालतमा पेस गरेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content