आयल निगमको भण्डारण केन्द्र निर्माणको काम शुरु

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 950 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जले डिपोमा पेट्रोल र डिजेलको भण्डारण केन्द्र निर्माणको काम शुरु गरेको छ ।
भारतीय कम्पनीहरुद्धारा १५ महिनाभित्र निर्माण सक्ने गरी शुरु गरिएको पेट्रोल र डिजेलको भण्डारण केन्द्र निर्माण तोकिएको समय भन्दा आधा समय अघिनै सक्ने गरी तिब्ररुपमा २४सै घण्टा काम भई रहेको भारतीय आयलका कन्र्सट्रक्सन म्यानेजर अभिषेक भारतीले बताए ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जलले मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाईपलाईन परियोजना दोश्रो चरण कार्यप्रगतीको अबस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीले सो कुरा बताएका हुन ।

नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख ईन्जिनियर प्रदिप कुमार यादबले भण्डारण केन्द्र निर्माणसगै १ जनवरी २०२४ देखि पेट्रोल पाईपलाईन मार्फतनै ल्याउने तयारी भएको बताउनु भयो । उनले हाल डिजेल मात्र पाईपलाईन मार्फत आईरहेकोमा आयल निगमलाई बार्षिक दुई अर्ब भन्दा बढी बचत भएको बताए ।

अब पेट्रोल समेत ल्याउदा आयल निगमलाई थप मासिक १५ करोड नाफा हुने उनले बताए । डिसेम्बर १५ बाट साना र ठुला गरी थप ६ वटा टंयाक निर्माण शुरु भएको छ । भण्डारण केन्द्र निर्माणका लागि एक अर्ब २८ करोड भारतीय रकम खर्च गर्ने योजना रहेको यादबले बताए । भण्डारण केन्द्र निर्माणसगै डिजेल र पेट्रोलको आयात बन्द हुदा पनि झण्डै तीन महिनालाई खपत पुग्ने बिश्वास यादबले गरेका छन । हाल पाँच दिनको लागि मात्र स्टक हुने गरेको छ ।

डिपोमा आगलागि हुदा कसरी आगो निभाउने भनेर पानीको फोर्स मार्फत प्रदर्शन समेत गरिएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content