बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफनो पहिलो काम नै भ्रष्टाचार निर्मुल पार्नु रहेको बताउनु भएको छ । भ्रष्टाचारीहरुलाई आफनो प्रदेशमा बस्न समेत नदिने बताउदै मुख्यमन्त्री यादबले मधेस प्रदेशमा विकासको सबैभन्दा ठूलो बाधक भ्रष्ट्राचारनै भएकोले त्यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिनु भएको हो ।
निजगढ नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सो कुरा बताउनु भएको हो ।
मुख्यमन्त्री यादव सहित संघीय र प्रदेश सभाका ५ जना सांसदलाई निजगढ नगरपािलकामा सम्मान गरेको हो । मुख्यमन्त्री यादव सहित बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रदेश सभामा समानुपातिकतर्फकी सांसद मिनाकुमारी लामा र राजपतिदेवी जैसवाललाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरी र उपप्रमुख सोममाया थिङले कदरपत्र र दोसल्ला सहित सम्मान गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादबले मधेस प्रदेशमा विकासको सबैभन्दा ठूलो बाधक भ्रष्ट्राचार नै भएकोले त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । उहाँले निजगढ र सिम्रौनगढलाई ऐतिहासिकरुपमा काम गरेर देखाउने बताउनु भयो । आफुले प्रदेश भरीनै किसानका लागि बिउ बिजन उपलब्ध गराउन काम शुरु गरी सकेको बताउनु भएको छ । मुख्यमन्त्री यादबले सबै पार्टीले मत दिएकाले सबैलाई समेटेर आफुले काम गर्ने बताउनु भएको छ ।
उहाँले क्षेत्रको विकासको लागि आग्रह पूर्वाग्रहबीच सबैसंग सहकार्य गरेर अघि बढने पनि बताउनुभयो । त्यसैगरी मेयर पुरीले निजगढ नगरपालिकासहित रहेको बारा क्षेत्र नम्बर १ ख बाट गत निर्वाचनमा निर्वाचित सभासद मधेस प्रदेशको मुख्यमन्त्री बनेकाले नगरबासीको लागि खुसी र गर्वको विषय भएको बताउनुभयो ।
मेयर पुरीको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले गर्नुभएको थियो ।
सोही कार्यक्रममा बोल्दै संघीय सांसद मैनालीले नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै विकासको लागि सबै राजनीतिक दलका कार्यकर्ताहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले क्षेत्रको विकासको लागि आग्रह पूर्वाग्रहबीच सबैसंग सहकार्य गरेर अघि बढने पनि बताउनुभयो । त्यसैगरी मेयर पुरीले निजगढ नगरपालिकासहित रहेको बारा क्षेत्र नम्बर १ ख बाट गत निर्वाचनमा निर्वाचित सभासद मधेस प्रदेशको मुख्यमन्त्री बनेकाले नगरबासीको लागि खुसी र गर्वको विषय भएको बताउनुभयो । कार्यक्रमको संचालन नगरपालिका कार्यालयका सूचना अधिकारी रविन घिमिरेले गर्नुभएको थियो । सोही कार्यक्रममा बोल्दै संघीय सांसद मैनालीले नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै विकासको लागि सबै राजनीतिक दलका कार्यकर्ताहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै संघीय सांसद मैनालीले नगरपालिकाले गरेको सम्मानप्रति धन्यवाद व्यक्त गर्दै विकासको लागि सबै राजनीतिक दलका कार्यकर्ताहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री बनेर पहिलो पटक गृहजिल्ला आएका यादबलाई सम्मानमा तामागढीदेखिनै सयौ गाडी लिन पुगेका थिए । कोल्हबी र सिम्रौनगढमा समेत मुख्यमन्त्री यादबलाई सम्मान गरिएको छ । उपप्रमुख सोममाया थिङले सबैलाई स्वागत गर्नु भएको थियो ।