सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायतको टिमले वडा कार्यालयलाई थप जिम्मेवार र शक्तीशाली बनाएको छ । यो सगै जनताले अब धेरै काम वडा कार्यालयबाट हुने भएको छ । संघियताको मर्म अनुसार २० लाख रुपैंयाम सम्मका योजना सम्झौता अब वडा कार्यालयबाटै हुने भएको छ । जितपुरसिमरा उपमहानगर पालिकाले बारामै पहिलो पटक वडाबाटै योजना सम्झौप्ता गर्न शुरु गरेको हो ।
संघियता आएर वडाबाटै योजना सम्झौता हुन शुरु भएको यो नै पहिलो हो । अरु पालिकाका वडाहरुले अहिलेसम्म यो अधिकार पाएका छैनन । संघियताको मर्म अनुसार सबै काम वडाबाटै हुने भने पनि वडा कार्यालयहरुले सिफारिस मात्रै गर्दै आएका छन् ।
वडा कार्यालयबाट जितपुरसिमरा उपमहानगरपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न हुने विकासका योजनाहरु स्थानिय सरकार संचालन २०७४ को दफा ७३ को उपदफा २ बमोजिम प्रमुख प्रशासकिय अधिकृतले आफ्नो अधिकार प्रत्यायोजन गर्न सकिने कानुनी ब्यवस्था मुताविक अख्तीयारी दिईएको छ ।
आईतबार उपमहानगरपालिकाले २४ वटै कार्यालय र सचिबहरुलाई पत्र लेख्दै अख्तियारी बारे जानकारी गराएको हो । जितपुरसिमरा उपमहानगरमा चालु आर्थिक बर्ष २०७९।०८०को वडा स्तरिय पूजीँगत योजनाहरु, ब्यवसाय दर्ता र उपभोक्ता समितिको दर्ता तथा सम्झौताको लगायतका कामका लागि पटक पटक नगरपालिका धाउनु नपर्ने भएको छ ।
यी सबै काम वडा सचिबले नै गर्न पाउने भएका हुन । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले २० लाख सम्मको वडा स्तरिय योजनाको सम्झौता गर्ने, कार्यादेश दिने स्थायी सेवामा कार्यरत वडा सचिबहरुबाट सम्पन्न गर्ने गरी अख्तियारी दिएका छन् ।
वडा भित्रका जैविक तथा वातावरणीय प्रभाव पार्ने र ठुला उद्योग बाहेकका साना ब्यवसायीको ब्यवसाय दर्ता, नविकरण, नामसारी र ठाउँसारी कार्य गर्ने उल्लेख छ । यसैगरी उपभोक्त समितिबाट सम्पन्न गरीने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितिको दर्ता र नविकरण गर्ने गर्ने उल्लेख छ ।