युनियनको मधेश प्रदेशको महाधिबेशन माघ २० र २१ गते, काग्रेसका महामन्त्री गगन कुमार थापा आउने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 867 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापा भोली बारा आउने भएका छन । नेपाल प्रेस युनियन मधेश प्रदेशको आसन्न प्रथम महाधिबेशनको प्रमुख अतिथि बनेर उद्धघाटन गर्न बारा आउन लागेको प्रेस युनियन बाराले जनाएको छ ।

नेपाल प्रेस युनियन मधेश प्रदेशको आसन्न प्रथम महाधिबेशन बाराको सदरमुकाम कलैयास्थित करणराज होटलमा भोली माघ २० र २१ गते शुक्रबार र शनिबार हुने भएकोले महामन्त्री थापा बारा आउन लागेका हुन ।

अधिबेशनका लागि आवश्यक होटल लगायत सबै कामको तयारी सम्पन्न भएको प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबु प्रसाद यादबले बताउनु भएको छ । युनियनको भोली र पर्सी हुन गईरहेको मधेश प्रदेशको प्रथम महाधिबेशनको तयारीका बारेमा आज युनियनले बैठक तथा छलफल गरी तयारी बारे जानकारी दिएको हो ।

युनियनको बैठकले आठै जिल्लाबाट आउने प्रतिनिधिहरुको ब्यबस्थापनका लागि आवास व्यबस्थापन उपसमितिको संयोजकमा साजिर मंसुर, भोजन व्यबस्थापन उपसमितिको संयोजकमा उमाशंकर कुश्वाहा , मञ्च तयारी व्यबस्थापन उपसमितिको संयोजकमा संजिव मिश्र , स्वागत सत्कार व्यबस्थापन उपसमितिको संयोजकमा श्यामबाबु यादब , सुचना तथा प्रशारण र घोषणा पत्र व्यबस्थापन उपसमितिको संयोजकमा गुरु प्रसाद गौतम, सदस्यहरु रेशम तिवारी, निवेश तिमल्सिना, बसन्त खतिवडा र सिकेन्द्र पासवान रहेको बिभिन्न तयारी उपसमिति समेत गठन गरेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content