बारा । प्रेस चौतारी नेपालको २२ औं स्थापना दिवसका अवसरमा बाराका पत्रकार लक्ष्मी साहले यस वर्षको वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार पाएका छन ।
प्रेस चौतारी नेपालले स्थापना गरेको वीरेन्द्र कुमार साह क्रियाशील पत्रकारीता पुरस्कार आईतबार स्थापना दिबशका अबसरमा अर्थमन्त्री विष्णु पौडेलले हस्तान्तरण गरेका हुन । काठमाण्डौमा आयोजित स्थापना दिबशका अबसरमा साहलाई पुरस्कार प्रदान गरिएको हो ।
साह चौतारी बारा र पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष समेत रही बाराबाट कान्तिपुर दैनिकमा २०६५ सालदेखि कार्यरत छन् । प्रेस चौतारी नेपालले प्रत्येक वर्ष क्रियाशिल पत्रकारलाई उक्त पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । एभिन्युज टेलिभिजनमा सक्रिय पत्रकारिता गरिरहेका बेला साहको २०६४ सालमा अपहरण गरी हत्या गरिएको थियो ।