नेपाल प्रेस युनियन मधेश प्रदेश अध्यक्षमा सत्य प्रसाद श्रेष्ठ निर्वाचित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 881 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

कलैया । नेपाल प्रेस युनियन मधेश प्रदेशको अध्यक्षमा सत्यप्रसाद श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन् । उपाध्यक्षमा धिरेन्द्र साह, उपाध्यक्ष समावेशीमा सोम दयाली, महिला उपाध्यक्षमा रमिला नेपाल, महासचिवमा अजयकुमार साह, सचिवहरुमा संतोष पाण्डे, पुष्टीका केसी, मनोज माझी सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा उदयदास थारु, सदस्यहरु बिजय साह, गिरीराज ओली, संजीव साह, मुकेश झा, सैलेन्द्र सिंह, राकेश गुप्ता, सृजा थापा, बब्बलु चौधरी, श्रवण साह, धिरेन्द्र श्रेष्ठ, डिबेसमल्लीक, नविन चौधरी, हरदिश खुद्दार, पवन, मिश्र, नरेश चौधरी, उत्तीमलाल कापरी सर्वसम्मतले चयन भएका छन् ।

लेखा समितिको संयोजकमा रंजन खरेल र सदस्यहरुमा राहुल गुप्ता र प्रियंका दास चयन भएका छन् ।

 

राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको छ — महामन्त्री थापा


बारा । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको बताउनु भएको छ । यी सबै प्रपन्चलाई विफल पार्न काँग्रेस उभिएको उनले प्रष्ट पारे ।

महासचिब थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र दुर्घटनामा पर्ने निश्चित रहेको समेत बताएका छन् ।

बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन । थापाले आगामी राष्ट्रपति निर्वाचनलाई हाम्रै उम्मेदबार हुनुपर्छ भन्दापनि सबै उपलब्धीलाई बचाई राख्ने राष्ट्रपति आवश्यक भएको बताउनु भयो ।
एमाले नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाए राष्ट्रपति संवैधानिक नभई कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको रहेको बताए । अहिलेको संवैधानिक अभ्यासलाई डुब्ने होकी भन्ने खतरा देखिएको बताउदै थापाले विगतको नियती दोहोर्याउने काम गर्न नहुने बताए । आफुले यो कुरा प्रधानमन्त्रीलाई समेत जानकारी गराएको थापाले बताए ।

 सरकार जाने नजाने नियमित प्रकृया भएपनि काँग्रेस एक पटक नजादैमा आत्तिनु नपर्ने समेत थापाले बताए । सरकारमा नजादैमा सबै बर्बाद भयो , पार्टी नै सक्कियो भन्ने जस्तो धारणा आउनु गलत भएको महामन्त्री थापाले बताए । काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकाए लगत्तै आफुहरु हरेक वडा , पालिका र जिल्लामा पुग्छौ, संगठनलाई सबल बनाउन तिर लाग्ने बताए ।

अहिलेको शासन व्यवस्थाको प्रणाली उत्कृष्ट भएपनि यसमा भित्रीएका विकृतिका कारण जनतामा निराशा छाएको बताउदै राजनैतिक दलको कमजोरी राजनैतिक दलहरुले हटाउदै जनतामा भएको निराशा र असन्तुष्टि अन्त्य गर्न तदारुकता देखाउनु आजको आवश्यकता भएको उनले बताए ।

 उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सरकार सुचनाको हकलाईदनै कुण्ठित गर्ने प्रयासमा रहेको बताए । प्रेसको हक बिरोधी कार्यका उपर प्रेस युनियन सडक आन्दोलनमा उत्रिने तयारी गरिरहेको बताउनु भयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, काँग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , गुरुराज घिमिरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 प्रेस युनियन बारा शाखाको आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन सत्रमा स्वागत मन्तव्य युनियनका केन्द्रीय सदस्य गणेश रिजाल र धन्यवाद ज्ञापन मन्तव्य युनियनका बारा अध्यक्ष श्यामबाबु प्रसाद यादवले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content