स्थानीय सरकार बनेको छ बर्षपछि जीतपुरसिमरामा शुरु भयो नगर अस्पताल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 438 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

सिमरा । स्थानीय सरकार बनेको करिब छ बर्ष पछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएको छ । स्थानीय सरकारको पिलरहरुमध्ये महत्वपुर्ण मानिएको स्वास्थ्य क्षेत्र उपेक्षित हुदै आएकोमा अस्पताल सञ्चालनमा आएसगै जीतपुरसिमराबासीले अब नगरबाटै स्वास्थ्य उपचार पाउने भएका छन ।

बुधबार जीतपुरसिमरा नगर अस्पताल उद्घाटन सम्पन्न भएपछि नगरअस्पतालको सेवा उपलब्ध हुने भएको हो । नगरको एक मात्र पुरानो सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले बुधबार देखि अस्पतालको रुपमा सेवा दिन थालेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न २ सिमरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई जीतपुरसिमरा नगर अस्पतालका रुपमा परिणत गरी सेवा विस्तार गरिएको हो ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले आफुले लिएको उद्देश्य अनुरुप अस्पताल सञ्चालनमा आएको बताउनु भयो । उनले संघीय सरकारको सशर्त अनुदानबाट अस्पतालको नयाँ भवन निर्माणको क्रममा रहेकोले अब भवन निर्माणको काम पनि छिट्टै सम्पन्न गरेर जनतालाई सेवा दिन कुनै कसर बाँकी नराख्ने बताए ।
नगर प्रमुख पौडेलले यसै आर्थिक वर्षमा आइसीयू बेड स्थापना गर्ने, सुर्य नेपालको सहयोगमा ५ वटा हेमोडाइलासिस मेसिन संचालन गर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिई सोको प्रभावकारिता बढाउने र अस्पतालमा फार्मेसी स्थापना गर्ने योजना रहेको बताए ।

अस्पतालका लागि आवश्यक प्राविधिक जनशक्ति प्रयाप्त भएकाले २४ सै घण्टा प्रसुति तथा आकस्मिक सेवा उपलब्ध गराउने जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रवि भाष्करले जानकारी दिए । उनले १० देखि ५ बजेसम्म अस्पतालमा बहिरंग सेवा उपलब्ध हुने बताए ।

अस्पतालको नयाँ भवन निर्माणकै क्रममा रहेकाले अहिले आकस्मिक कक्षमा ३ वटा बेड, अन्तरंग विभागमा ४ वटा वेड र प्रसुति तर्फ ५ वटा शैया मार्फत सेवा उपलब्ध गराइने भास्करले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय सिमराका प्रतिनिधि राजकिशोर साह, नेकपा मााओवादीका क्षेत्रबहादुर श्रेष्ठ अनिल, नेकपा एमालेका मनोज पौडेल, नेपाली काँग्रेसका नगरसभापति छविलाल शर्मा, एकीकृत समाजवादिका कृष्ण खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका गणेशजी साह, सूर्य नेपाल प्रालिका यज्ञबहादुर आले, होटल व्यवसायी सँघ बाराका अध्यक्ष अर्जुन लम्साल लगायत स्थानिय जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content