कोरोना संक्रमणबाट नेपाली काग्रेस बाराका दुईको मृत्यु

तराइ संचार
तराइ संचार 873 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का महासमिति सदस्य एवम तरुण विभागका केन्द्रिय सदस्य आदर्शकोटवाल गाउँपालिका–५ टेडाकट्टी निवासी मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । उच्च रक्तचापको विरामी रहेका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।
शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिनु भएको छ । बीरगन्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
दशैको नवरात्र ब्रत लिएका मण्डल कमजोरी र श्वास प्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थाबाट औषधी खादै आएका थिए । कोरोनाको आशंका लागेर सिम्रौनगढका नगरप्रमुखको सहयोगमा शनिबार पीसीआर परीक्षण गराउन नारायणी अस्पताल लगिएका मण्डललाई नारायणी अस्पतालले बाबा होटल आइसोलेसन लैजान भनेको र राम्रो उपचार हुने नदेखेपछि उपचारका लागि नर्भिक अस्पताल लैजाँदा लैजादै बाटोमा निधन भएको बताईएको छ ।

कोभिड संक्रमणका कारण खोकी लाग्ने र सास लिन गाह्रो भईरहेका कारण उनको मृत्यु भएका महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ । बिहान करिब ३ बजे मृत्यु भएका उनको आजै आफनै गाउँमा रहेको अडुवा नदीमा धार्मिक सस्कार अनुसार दाहसस्कार समेत भएको छ । नेपाली काग्रेस बाराका कोषाध्यक्ष चन्द्रशेखर प्रसाद यादब र सिम्रौनगढका नगरप्रमुख बिजय शंकर यादबले पार्टीको झण्डा ओडाएका थिए ।
यस अघि कोरोना संक्रमणकै कारण नेपाली काग्रेसका तर्फबाट प्रसौनी गाबिसका पुर्व अध्यक्ष भएका ५८ बर्षिय दिनेश प्रसाद साह कलवारको मृत्यु भई सकेको नेपाली काग्रेस बाराका सचिब मनोज भट्टले बताउनु भयो ।

शेयर
प्रतिक्रिया
Skip to content