उद्धघोषण तथा व्यक्तित्व विकास तीन दिन तालिम सम्पन्न

तराइ संचार
तराइ संचार 911 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । हरेक बर्ष झै यस बर्ष पनि राष्ट्रिय बिभुति सामुदायिक शिक्षा सदन डुमरवाना बाराले उद्धघोषण तथा व्यक्तित्व विकास तीन दिन तालिम सम्पन्न गरेको छ । बिद्यालयको कक्षा ८ मा अध्ययनरत करिब ६० बिद्यार्थिहरु सहभागी तालिमले आफुहरुमा उद्धघोषण गर्ने शिपको विकास भएको सहभागिहरुले बताएका छन ।


माया मिडिया प्रा.लि. जीतपुरले सञ्चालन गरेको तालिमको आज शुक्रबार समापन समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पुर्व प्रदेश सचिब एवब बाराका पुर्व अध्यक्ष गुरुप्रसाद गौतमले जनता र समाजका लागि गरिने पत्रकारिताले केही ब्यक्तीलाई समस्या हुने भएपनि भविष्यमा राम्रो हुने बताए । सच्चा पत्रकारिताका माध्यमले प्रजातन्त्र बलियो मात्र नभई देश विकासमा टेवा पुग्ने बताउनु भयो ।

बिद्यालयका अध्यक्ष बिदुर खड्काको अध्यक्षतामा सम्पन्न तालिम समापन समारोहमा डुमरवाना क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी , बिद्यालयका प्रधानाध्यापक श्याम भट्टराई, शिक्षकहरु सागर ठाडा, किसोर श्रेष्ठ र माया मिडियाका प्रमुख पत्रकार महासंघ बाराका सचिब रन्जन यादबले शुभकामना मन्तब्य ब्यप्त गर्नु भएको थियो । कार्यक्रमको उद्धघोषण तालिममा सहभागी बिद्यार्थि रिभा तसेजु र जिनिसा खड्काले गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content