सवारी दुर्घटना एकको मृत्यु दुई घाईते

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको सिम्रौनगढ ५ कोल्डस्टोर टोल स्थितमा तेलकुवा सिम्रौनगढ नहर सडक खण्डमा टेटाबाट सिम्रौनगढ बजार तर्फ आउँदै गरेको ना १ प ६८८८ नं. को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ना १८ प ५१४१ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई घाईते भएका छन ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नं. १० टेटा बस्ने बर्ष ६५ को ना १ प ६८८८ नं. को मोटरसाईकल चालक महाबिर साह कानु रहेका छन । घाइते हुनेमा सोही ठाउ बस्ने मृतकको नातिनी बर्ष १३ कि प्रिंयाशु कुमारी साहको खुट्टा र ढाडमा चोट लागि घाईते भएकी छिन । निजको अबस्था सामान्य रहेको छ ।त्यसैगरी अर्का ना १८ प ५१४१ नं. को मोटरसाईकल चालक वडा न.०४ गंगानगर बस्ने गोपी प्रसाद यादवको छोरा बर्ष १८ को बाल्मिकी यादव हात खुट्टामा चोट लागि घाईते भएका छन ।

दुवै घाईतेको प्रहरीको निगरानीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content