आज प्रणय दिवस, प्रेम साटासाट गरी मनाइँदै

तराइ संचार
तराइ संचार 657 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा मनाईने प्रणय दिवस नेपालमा पनि मनाईन्छ । युवायुवतीले उत्साहका साथ आज भ्यालेन्टाइन डे मनाईरहेका छ । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाउने गरिन्छ ।

नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छ । यो दिवस मनाउने क्रममा प्रेमी प्रेमीकाले एक अर्कालाई फूल, कार्ड, चकलेट उपहार साटासाट गर्ने तथा युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा आफूलाई मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।

फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चक्लेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ ।

शेयर
प्रतिक्रिया
Skip to content