हात्तीपाईले रोग बिरुद्ध आम औषधी खुवाउने अभियान

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.3k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । फागुन ११ गतेदेखि हुन गई रहेको हात्तीपाईले रोग बिरुद्ध आम औषधी खुवाउने अभियानको लागि जिल्ला स्तरीय पत्रकार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

हात्ती पाईले फलेरिया रोग विरुद्ध औषधि स्वास्थ्यकर्मीको रोहबरमा खानु पर्ने स्वास्थ्य कार्यालय कलैया बाराद्धारा सोमबार एभरेष्ट लजमा आयोजित अन्तरकृया कार्यक्रममा जानकारी गराईएको छ ।

फागुन ११ गते देखि दुई हप्ता सम्म लक्षित समुह कोहि नछुटुन उद्देश्यले अभियानको रुपमा संचालन हुनेछ । रोग देखिएको बारा लगायत १५ जिल्लामा यो अभियान हुन लागेको हो ।

औषधी सेवन २ देखि ५ वर्षकाले डिईसी औषधी १ चक्की, ६ देखि १४ वर्षकाले २ चक्की, १५ वर्षदेखि माथि ३ चक्की सहित १ चक्की अल्बेन्डाजोल जुकाको औषधी गरि दुई किसिम औषधी खानु पर्ने जनाईएको छ ।

स्वास्थ्य कार्यालय कलैया उप संयोजक तेजनारायण सिंहले हात्ती पाईले रोग आम औषधी सेवन बारे प्रकाश पारेका थिए ।


यसैगरी बाराको जितपुरसिमरामा पनि हात्तीपाईले रोग निवारण आम औषधी सेवन अभियान स्थानीय तह स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीलाई स्वास्थ्य संयोजक रवि भास्करले कार्यपालिका सदस्य, पत्रकार लगायतलाई औषधी सेवन बारे प्रकाश पारेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content