बृक्षारोपणले हरियाली बन्दै बारा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 708 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । मधेश प्रदेश सरकारको मुख्यमन्त्री हरित अभियान अन्र्तगत तारबार सहितको बृक्षारोपणले अतिक्रमित क्षेत्रको बन पुनः हरियाली बन्न थालेको छ ।

बन जंगलमा मानव अतिक्रमण तिब्र भईरहेका बेला अतिक्रमणमा परेको र बन जङल नभएका क्षेत्रमा बृक्षारोपणमा गरी हरियाली बनाउन मुख्यमन्त्री प्रदेश हरित अभियान अन्तर्गत बारामा विभिन्न जातका बिरुवा उत्पादन गरी बृक्षारोपण भईरहेको छ ।

अतिक्रमणमा परेको बन र सडक किनारमा भएको खाली पर्ति जमिनमा बृक्षारोपणले हरियाली र स्वच्छ बाताबरण भएको कोल्हबी ५ बोधवन निवासी बन हेरालु समेत रहेकी स्थानीय सुकदेवी साहले बताउनु भएको छ । महागढीमाई नगरपालिकाले सडक किनारामा हरियाली बनाउन वृक्षारोपण अभियाननै सञ्चालन गरेको छ । प्रदेशमै नमुनाको हरित नगरपालिका बनाउन बृक्षारोपणलाई जोड दिएको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादबले बताएका छन ।

डिभिजन बन कार्यालय सिमराबाराले हरेक बर्ष झै गतबर्ष पनि जडिबुटी तथा फलफुल एक बर्षे बिरुवा आठ लाख २७ हजार र दुई बर्षे वन बिरुवा एक लाख गरी नौ लाख २७ हजार बिरुवा उत्पादन गरेर सबैलाइ बृक्षारोपणका लागि बिरुवा बितरण गर्दै आएको बताएको छ ।


हरियाली प्रवद्र्धन गरी स्वच्छ वातावरण निर्माण जलबायु परिवर्तनको प्रभाव, आयआर्जनमा टेवा पुराउनुको साथै धेरैलाई रोजगारी दिन मुख्यमन्त्री हरित अभियान सफल भएको बाराका डिभिजनल बन अधिकृत बिनोद सिंहले बताउनु भयो ।

बृृक्षारोपणले गतबर्ष ५२ हेक्टरमा वन पुनरस्थापना भएको छ भने ३० हेक्टर क्षतिग्रस्त वन संरक्षण गरेर वन विकास भएको छ । गतबर्ष अतिक्रमण हटाई आठ हेक्टर वन वृक्षारोपण भएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content