स्थानीय तहसम्म निर्वाचन आयोग— निर्वाचन आयुक्त डा.तुलाधर

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 955 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । मतदाता दर्ता, निर्वाचन शिक्षा र बदर मत कम गर्न निर्वाचन आयोगले पहिलो पटक संघिय संरचना अनुसार स्थानीय तहसम्म संरचना बिस्तार गरेको निर्वाचन आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले बताउनु भएको छ ।

बारा पर्सा र रौतहटका ४८ सम्र्पक ब्यक्तीलाई मधेश प्रदेश स्तरीय दुई दिने तालिम बाराको सिमरामा आजदेखि शुरु भएको तालिमको उद्धघाटन शत्रलाई सम्बोधन गर्दै निर्वाचन आयोगका आयुक्त डाक्टर जानकी कुमारी तुलाधरले सो कुरा बताउनु भएको हो ।

हरेक स्थानीय तहमा एक जना स्थानीय तहको कर्मचारीलाई निर्वाचन आयोगको सम्र्पक ब्यक्ती तोकेर संरचना बिस्तार गरेको हो । आयुक्त तुलाधरले प्रदेश र स्थानीय तहहरु समेतमा सहकार्यका लागि यस्तो मोडालिटी तयार गरिएको बताउनु भएको छ । स्थानीय स्तरबाटै मतदाता नामाबली संकलन, अध्यावधिक, मतदान स्थल, मतदाता शिक्षा, निर्वाचन ब्यबस्थापन जस्ता आयोगले गर्दै आएको काम स्थानीय सम्र्पक ब्यक्तीको माध्यमबाट गर्ने गरी आयोग अघि बढेको समेत बताउनु भएको छ ।

स्थानीय सम्र्पक ब्यक्तीले निर्वाचन आयोगसग सेतुकोरुपमा काम गर्ने बिश्वास आयोगले लिएको उहाँले बताउनु भएको छ । डा. तुलाधरले बदर मत कम गर्न स्थानीय सम्र्पक ब्यक्तीको भुमिका उच्च हुने बिश्वास लिएको समेत बताउनु भएको छ ।

तालिमको प्रशिक्षण आयुक्त डा.तुलाधर, सहसचिब शालिग्राम शर्मा पौडेल, उपसचिब क्रृषीराम भुषाल र शाखा अधिकृत शुभद्रा शर्मा गौतमले गर्ने कार्यक्रम रहेको छ ।

उद्धघाटन शत्रमा बाराका प्रजिअ नबराज सापकोटाले स्थानीय स्तरसम्म निर्वाचन आयोगको सम्र्पक ब्यक्तीले मतदाता शिक्षा र मतदाता नामावलीमा सहयोग पुग्ने बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content