राष्ट्रपतिको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति

तराइ संचार
तराइ संचार 978 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

काठमाडौँ । केही समय अघि बनेको नेकपा एमाले गठबन्धन टुटेको छ । अहिलेको ठुलो पार्टी नेपाली काग्रेसले नेतृत्व गरे निर्वाचन अघिको गठबन्धन सहित थप तीन दल गरी अब आठ दलिय गठबन्धन बनेको छ । आसन्न राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको हो । बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकमा आठै दलले चुनावमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने सहमति बनेको नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बताएका छन ।
प्रधानमन्त्री निवासमा भएको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीको सहभागिता हुने गरी आठ दलिय सहमति बनेको हो ।

नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको प्रस्तावमा बैठकमा उपस्थित आठै दलले समर्थन जनाएको बताएका छन । प्रधानमन्त्रीज्यूले संसद्को सबैभन्दा ठूलो दललाई राष्ट्रपति बनाउन उचित हुने प्रस्ताव ल्याएकोमा आठवटै दलले त्यो प्रस्तावमा समर्थन जनाएका हुन । राष्ट्रपति पद नेपाली कांग्रेसले पाएसँगै उपराष्ट्रपतिको पद जसपा नेपालले पाउने भएको छ । आठ दलको शुक्रबार साँझ भएको बैठकमा सो पद जसपालाई दिने सैद्धान्तिक सहमति भएको हो ।

उपराष्ट्रपति जसपालाई दिने आठ दलबीच सैद्धान्तिक सहमति भएको बताईएको छ । यो सहमतिसगै बाराले पहिलो पटक उपराष्ट्रपति पद पाउने भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादब बारा क्षेत्र नं. २ का संघिय सभासद रामसहाय यादबलाई उपराष्ट्रपति बनाएर बारामा आफु उप निर्वाचन मार्फत सभासद बन्ने चाहना राख्दै आएका छन ।

शेयर
प्रतिक्रिया
Skip to content