निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 875 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको डुमरवानामा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय डुमरवाना एसएलसी समूह २०५१ का बिद्यार्थिहरुको आयोजनामा शिविर सम्पन्न भएको हो । शिबिरमा करिव ४९० विरामीहरूले स्वास्थ्य परिक्षण गराएको समुहका मिडिया संयोजक गणेश रिजालले जानकारी दिनुभयो ।

शिविरमा भिडियो एक्स रे , रगत, पिसाब लागायतका परिक्षण निशुल्क गरिएको थियो । निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा नारायणी अस्पताल बीरगंजका मेडिकल सुपरिटेन्डेन्ट युरोलोजिष्ट डा० चित्तरंजन साहको नेत्तृत्वमा हाडजोर्नी रोग विशेषज्ञ डा० कौशल सिह स्त्री रोग विशेषज्ञ डा० मिता महर्जन रेडियोलोजिष्ट डा० राम प्रकाश ठाकुर वालरोग विशेषज्ञ डा० विजय साह फिजिसियन डा० रविरंजन साह फिजिसियन डा० दिपक कुश्वाह जेनरल सर्जन डा० जैनेन्द्र कुमार मनोज लागाएतका डाक्टरहरूले सेवा प्रदान गरेका थिए ।

सर्वोत्तम अस्पताल बीरगंजको सहकार्य र डुमरवाना पोलि क्लिनिक रजघट्टाको प्राविधिक सहयोग तथा गुणनिधी खनाल मेमोरियल ट्रस भरतपुर चितवनको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका सदश्य प्रहलाद साह सोनार रहेको कार्यक्रमको अध्यक्षता रत्न प्रसाद उप्रेतीको रहेको, स्वागत मन्तब्य बरूण गौतमको रहेको थियो । कार्यक्रम संचालन गणेशराज रिजालले गरेका थिए ।

२०७१ सालमा हेटौडाको पर्यटकीय स्थल सहिद स्मारकमा भेला भई गठन गरिएको यो समूहले रक्तदान लगायत सामाजिक कार्य गर्दै आएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content