बारामा हात्तीको आक्रमणबाट फेरी एकको मृत्यु

तराइ संचार
तराइ संचार 1.6k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा जिल्लामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ टागिया बस्ती बस्ने दुर्गा दर्लामी मगरको छोरा वर्ष ४५ को गापाङ दर्लामी मगर रहेका छन ।

जीतपुरसिमरा १६ टागियाबस्ती गुम्बा नजिकै दर्लामीलाई एक जङ्गली हात्तीको आक्रमणबाट घटनास्थलमै उनको मृत्यु भएको हो । हात्तीको बथानबाट छुटिएर हिडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुदै आएको छ ।

घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ ईलाका प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक संजिब ओलीले बताउनु भयो ।

बारामा केहीदिन अघिमात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्र्षीया रुकैदा खातुनको समेत मृत्यु भई सकेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content