सिमराकै मुटुमा ड्रगिष्ट र चोरको बिगबिगी

तराइ संचार
तराइ संचार 1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

गुरुप्रसाद गौतम
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका सिमरामा चोर र ड्रगिष्टहरुको फेरी बिगबिगी भएको छ ।
ईलाका प्रहरी कार्यालयको १०० मिटर नजिक सिमराको मुख्य चौकमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा यसै हप्तामात्र दुई पटक चोरी हुनुले चोरको विगविगी बढेको हो । चोरको विगविगी भएपनि प्रहरीले सुरक्षा ब्यवस्था कडा पार्न नसकेको स्थानीयले आरोप लगाएका छन् ।
प्राथमिक स्वास्थ्य केन्दको ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष तिलक श्रेष्ठले बुधबार स्वास्थ्य केन्द्रको चोर ड्रगिष्टहरुले मुख्य गेट, कार्यालय प्रमुखको दराज, डाक्टर तथा नर्सिङ स्टापको क्वाटर रुमको ताला तोडेर सामाग्री खानतलासी गरेको बताउनु भयो । त्यसै गरी शनिबार राती समेत चोरहरुले ताला तोड्न थालेकोमा डय्टीमा रहेकी स्टापले देखेपछि भोगेको जानकारी आफुले पाएको उहाँले बताउनु भयो । वडाअध्यक्ष श्रेष्ठले चोरीका बारेमा प्रहरीलाई जानकारी गराई सकेको बताउदै आउने दिनमा नगरसग कुरा गरेर गार्डको बन्दोबस्त गर्ने र राती महिलालेमात्र गर्ने डेलीभरी सेवालाई सुरक्षित बनाउन डाक्टरसग बसेर योजना तग गर्ने बताउनु भयो ।
नर्सिङ प्रसुती रात्री सेवाको ड्युटीमा अनमी राधा कुमारी खत्री र ७० बर्ष नाघेकी स्वीपर गंगा मिजारमात्र रहेका थिए । अनमी खत्रीले चोरहरुले गेटमा हानेपछि डरले रातभरी डरमा बस्नु परेको बताईन । उहाले सुरक्षागार्ड र सुरक्षाको प्रवन्ध नभए एकजना महिलाले मात्र काम गर्दा महिला स्वास्थ्यकर्मीको ज्यान जोखिम रहेको आफुले महशुस गरेको बताउनु भयो ।
ईलाका प्रहरी कायालय सिमराका डिएस्पी दिपक श्रेष्ठले बुधबारको घटनाको जानकारी भएपनि शनिबारको बारे जानकारी नभएको बताउनु भयो । प्रहरी पोष्टको १०० मिटर दुरीमा रहेको ठाँउमा चोरी भएपनि समयमै सुचना नपाउदा चोर उम्कने गरेको बताउनु भयो । चोरहरुको खोजतलास र सुरक्षा निकरानी बढाउने उहाँले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा सिसिटिभी जडान गरेको एकबर्ष नबितेपनि बिग्रीएपछि चोर र ड्रगगिस्टहरुको बिगबिगी बढेको हो ।

शेयर
प्रतिक्रिया
Skip to content