सिमराको सबै क्षेत्रमा खानेपानीको हाहाकार

तराइ संचार
तराइ संचार 1.4k - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

सिमरा । बाराको सिमरामा गत शुक्रबारदेखि खानेपानीको हाहाकार मच्चिएको छ । सिमराको सबै क्षेत्रमा खानेपानी नभएपछि हाहाकार मच्चिएको हो । होजो ठाउँहरुमा केही मात्रामा खानेपानी आएपनि पर्याप्त खानेपानी नहुदा हाहाकार भएको हो ।
सिमरा खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष कासिम मियाका अनुसार पथलैया क्षेत्रको खानेपानी टंकीमा जडान भएको मोटर बिग्रीएका कारण खानेपानीको सप्लाईमा समस्या आएको हो ।
खानेपानीमा जडित मोडर जलेपछि मर्मतको लागि शुक्रबारबाटै मिश्री परिचालन भएको भएपनि नबनेका कारण खानेपानीको सप्लाईमा समस्या आएको अध्यक्ष मियाले बताउनु भयो । थ्री फेजको मोटर भएको र बिधुत अबरुद्ध गरी जडान गर्ने काम मात्र रहेकाले आज सोमबार बेलुकासम्म खानेपानीको समस्या हल हुने उहाँले बताउनु भयो । पटक पटक मोटर बिग्रीएर खानेपानीको समस्या हुदै आएपनि खानेपानी समितिले ध्यान दिन नसकेको स्थानीयहरुले बताएका छन् । कम्तीमा एक मोटर बिग्रीदा अर्को एक रिजर्भ हुन सके बिग्रीनी बिक्तिकै रिजर्भ मोटर चलाउन सके बिग्रीएको मोटर आरामसँग बनाउन पाउने र खानेपानीको समेत समस्या नहुने भएपनि समितिले त्यसो नगरी हप्तै खानेपानीको हाहाकार बनाउन नहुने स्थानीयले माग गरेका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content