प्रदेश २ मा तीन प्रहरीसहित चारजना घुससहित पक्राउ

तराइ संचार
तराइ संचार 629 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

जनकपुरधाम– प्रदेश नम्बर २ मा तीनजना प्रहरीसहित चारजना घुससहित पक्राउ परेका छन्। नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (सई) र एक जवान, सशस्त्र प्रहरीका एक जवान र एक व्यापारी घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले सप्तरीमा नेपाल प्रहरीका सईलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। त्यस्तै अख्तियारको बर्दिबासबाट खटेको टोलीले महोत्तरीमा सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए। उनले सेवाग्राहीसँग घुस लिइ सोहि कार्यालयमा कार्यरत जवान राम ईश्वर मण्डल रकम दिइ स्थानीय व्यापारी जय नारायण यादवलाई राख्नको लागि दिएकोमा तीनै जनालाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ बेल्हीबाट नियन्त्रणमा लिइएको अख्तियारको कार्यालयले जनाएको छ।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानले घरायसी प्रयोगको लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १७ हजार ६ सय रुपैयाँ घुस मागेकोमा गौशाला नगरपालिका वडा नं २ निगौल चौकबाट रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ। जनकपुरधाम– प्रदेश नम्बर २ मा तीनजना प्रहरीसहित चारजना घुससहित पक्राउ परेका छन्। नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक (सई) र एक जवान, सशस्त्र प्रहरीका एक जवान र एक व्यापारी घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान अयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटेको टोलीले सप्तरीमा नेपाल प्रहरीका सईलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। त्यस्तै अख्तियारको बर्दिबासबाट खटेको टोलीले महोत्तरीमा सशस्त्र प्रहरी जवानलाई करिब १८ हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले जनाएको छ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुले नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न घुस मागेका थिए। उनले सेवाग्राहीसँग घुस लिइ सोहि कार्यालयमा कार्यरत जवान राम ईश्वर मण्डल रकम दिइ स्थानीय व्यापारी जय नारायण यादवलाई राख्नको लागि दिएकोमा तीनै जनालाई सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं १ बेल्हीबाट नियन्त्रणमा लिइएको अख्तियारको कार्यालयले जनाएको छ।

त्यस्तै महोत्तरीको गौशाला नगरपालिकाको रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान उमेश चौहानले घरायसी प्रयोगको लागि काठ दाउरा लैजान सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग १७ हजार ६ सय रुपैयाँ घुस मागेकोमा गौशाला नगरपालिका वडा नं २ निगौल चौकबाट रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ। देश सञ्चार

शेयर
प्रतिक्रिया
Skip to content