कोरोना संक्रमणबाट निजगढमा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

तराइ संचार
तराइ संचार 965 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

निजगढ । निजगढमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको निजगढ नगरपालिकाले जनाएको छ ।
स्वास्थ्य शाखा प्रमुख रमेश लामाका अनुसार हाल निजगढमा सक्रिय संक्रमतिको संख्या १९ रहेको छ ।
निजगढका शनिबार एक जना कोरोना संक्रमितको वीरगंजमा मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ पुगेको हो । निजगढ नगरपालिका वडा नम्बर– ९ का ६२ वर्षीय पुरूषको वीरगंजस्थित नेशनल मेडिकल कलेजको आइसोलेसन सेन्टरमा बिहान मृत्यु भएको हो ।
उनको उपचारको क्रममा शनिबार पौने ६ बजे उनको निधन भएको हो । आईसोलेसन भर्ना गर्दा नै कोभिड र निमोनियाका कारण उनको अवस्था गम्भीर थियो । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि वीरगञ्ज ल्याएकोमा उनमा १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content