सिमरा । नारायणी अस्पतालको पिसिआर ल्याबमा परिक्षण गर्दा आज बारामा ३ पर्सामा १३ र रौतहटमा थप एक जना कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २३ जनाको थ्रोट स्वाबलाई परिक्षण गर्दा बाराको कलैया उपमहानगरपालिका वडा न ४ का एक जना जितपुरसिमरा उपमहानगरपालिका वडा न ४ का एक जना र निजगढ नगरपालिका वडा न ९ का एक जना कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रब्क्ता डा अतुलेश चौरसियाले जानकारी दिएका छन् । थपिएका संक्रमितहरु २६ वर्षदेखि ७५ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १८ देखि ३३ सम्म रहेको अस्पतालले जानकारी गराएको छ ।