जितपुरसिमरा गोल्डकप चैत्र ९ देखि

तराइ संचार
तराइ संचार 683 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बाराको सिमरामा यही आउदो चैत्र ९ गतेदेखि १३औ जितपुरसिमरा गोल्डकप २०७९ सञ्चालन हुने भएको छ ।

सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे सोमबार आयोजक नवजनजागृती युवा क्लबले सिमरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

अनुमानित एक करोड ६ लाख ७७ हजारमा शुरु हुन लागेको सो प्रतियोगितामा ए डिभीजन राष्ट्रिय क्लब र स्थानीय गरी कुल १० फुटबल टिमले सहभागिता जनाउने आयोजक क्लबका अध्यक्ष राजकुमार लामाले बताउनु भयो ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष लामाले जानकारी दिए । चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको आयोजक नवजनजागृति यूवा क्लबले जनाएको छ ।  प्रतियोगिताको मुख्य प्रायोजक जगदम्भा स्टिल र सह प्रायोजक हुलास स्टिल रहेको छ ।

जितपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमूख भोला प्रसाद अधिकारीको प्रमूख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सम्मेलनमा क्लबका सल्लाहाकारहरु रेशम तिवारी, सुमन भट्टराई, दिनेश राई, महासचिब शम्भुसिह ठकुरी, जगदम्भा स्टिलका कृष्णदत्त भट्ट लगायतले प्रतियोगिताका बारेमा मन्तब्य ब्यप्त गरेका थिए ।

शेयर
प्रतिक्रिया
Skip to content