उपराष्ट्रपति रामसहायप्रसाद यादवको सफलताको मुख्य पात्र चम्पादेवी

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
8 मिनेट पढ्न लाग्ने समय

उपराष्ट्रपति यादव जसले पद र प्रतिष्ठामा कहिल्यै घमण्ड गरेनन

बारा । जनता समाजवादी पार्टी (जसपा) संसदिय दलका नेता एवम नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवकी पत्नी चम्पादेवी यादबले पतिले राजनितीबाट नाम कमाएकोमा आफु खुशी रहेको उनले बताएकी छिन ।

पतिले जागिरबाट राजिनामा गरेपछि आर्थिक बोझ आफनो टाउकोमा आएकोमा दुःखी बनेर गाँउमै सघर्ष गर्दै आएकी चम्पादेवी अहिले पतिको मान सम्मान देख्दा खुशी बनेकी हुन ।

चम्पादेवीकै कारण रामसहाय यादव पूर्णकालीन राजनीतिमा लागेका छन । राजनीतिबाहेक उनको अरु कुनै काम छैन । परिवारको आम्दानीको स्रोत भनेकै चम्पादेवीले पालेका गाई भैसी र माछापालन हो ।

 

मेरी श्रीमतीले भैंसी पालेर मलाई राजनीति गर्न नसघाएको भए आज म यो अवस्थामा आउने थिइनँ यादबले बताएका छन् ।

कसैले पैसा कमाउछन कसैले नाम कमाउछ मेरो पतिले राजनितीबाट नाम कमाएकोमा आफु खुशी रहेको उनले बताएकी छिन ।

स्थानीयवासीहरु हर्षित

स्थानीयवासीहरु मधेसको एउटा मध्यम वर्गको छोरा उपराष्ट्रपति निर्वाचित भएको भन्दै भन्दै हर्षित छन । आफ्नै गाउँको सुख–दुःखमा भिजेको व्यक्ति उपराष्ट्रपति बनेकोमा छिमेकीहरु उत्साहित भएका हुन ।

बयलबजारस्थित सार्वजनिक पोखरी छेउमा उपराष्ट्रपनि यादवको सानो कच्ची घर छ । यही घरमा बसेर उनले सुरु गरेको राजनीतिक यात्राले अहिले उनलाई देशको उपराष्ट्रपति बनाएको छ ।


बाराको कलैया– ५ मा बयल बजारमा पशुपालन, माछापालन र गाँउघरमै दुःख गर्दै आएकी चम्पादेवीले पति पहिले राजनिती गर्दा ठिक नलागेपनि अहिले मान सम्मान पाएकोमा खुशी भएको उनले बताईन ।

१५ बर्ष अघि कलैया उपमहानगर नगरपालिका नजिकै ५ धुर जग्गा किनेर १२ बर्ष अघि जग हालेपनि एक तला घर बनाउन सकिएन अहिलेपनि दुःख गर्दै छु । भर्खर एक तला घर बनाउन शुरु गरेको र घरको सबै रेखदेख आफैले गर्दै आएको उनले बताईन ।

घरमा आफुसँग सल्लाहनै नगरी शिक्षण पेशाबाट राजिनामा दिएर राजनितिमा लागेपछि आफुलाई मन नपरेपनि अहिले मान सम्मान पाएको देख्दा आफुलाई गर्व लागेको उनले बताईन । आफनो परिवारमा दुई छोरा एक छोरी रहेकोमा छोरा छोरीको अध्ययनका लागि र श्रीमान राजनिति गर्ने भएकोले ठेरामा काठमाण्डौ बस्ने गरेको उनले बताईन । एक छोरा र एक छोरी ईन्जिनियर पढदै गरेको र कान्छो छोरा कमर्स पढदै गरेकोले आर्थिक बोझ आफनो टाउकोमा आएको उनले बताईन । छोरा छोरीको शिक्षाका कारण बढी खर्च भएपनि अब भने छोरा छोरी जागिर गर्न सक्ने बनाएकोले लोकसेवा लड्ने तयारीमा रहेको उनले बताईन ।

०६४ मा शिक्षक पेसा छोडेर पूर्णकालीन राजनीतिमा आएका उनी पार्टीको महासचिवसम्म भए । मधेशको राजनीतिमा इमान्दार र शालीन नेताको छवि बनाएका यादब किसान परिवारका हुन । उनीहरुको अहिलेपनि गाई पालन छ । अहिले ५ परिवारमा पति सहित चार जना काठमाण्डौ डेरामा बस्दै आएकोले बिगत १५ बर्ष अघि घर बनाउन शुरु गरेको यो बर्ष एक तला बन्ने भएको छ । घर बनाउन र परिवारको खर्च धान्नकै एक लाख रुपयाँमा किनेको दुहुनो भैंसी मंसिर ४ मा सम्पन्न निर्वाचनमा ६० हजारमै बेच्नुपर्दा चम्पादेवीलाई पीडा भएको छ । ‘यसपटक चुनावले एक लाखको भैंसी ६० हजारमा बेच्नुप¥यो, गाई पनि मर्ने चिन्ताले त्यतिकै पाल्न दिनुपरेको उनले बताईन । एक्लो मान्छे १५ बर्ष अघि शुरु गरेको घर रकम अभाबले रोकिएको थियो । अब गाँउको जग्गा बेचेरपनि बनाउन थालेको छु । त्यसैले अलि बढी ब्यस्त भएको उनले बताईन ।

पति उपराष्ट्रपतिमा निर्वाचित भए पनि ५ वर्षपछि गाउँ नै फर्केर आउनुपर्ने भन्दै उनले आफ्नो थलो छोड्न नहुने बताइन । ‘नेताजी र छोराछोरीले काठमाडौं जान भन्नुभयो तर मैले घर छोड्दा यहाँ सबै व्यवहार बिग्रिन्छ, बस्तुभाउ भोकै हुन्छ, खेतीपाती बिग्रिन्छ,’ त्यसैले आफु गाँउमै रहने गरेको बताईन । त्यसैले सबै व्यवहार भताभुङ्ग पारेर काठमाडौं जानुभन्दा मलाई गाउँमै बस्नु ठिक लाग्यो ।’

यसअघि रामसहाय यादव वन मन्त्री हुँदा चम्पादेवी मन्त्रालय र मन्त्री निवासमा एक पटक गएपनि तत्कालै फर्किएको बताईन ।

पार्टीको पूर्व महासचिव, केन्द्रीय सदस्य, कार्यकारिणी सदस्य, बारा निर्वाचन क्षेत्र नं २ का संघीय सांसद, पार्टीको संसदीय दलको नेता समेत रहेका छन । उनको यी सबै सफलताको पछाडिकी मुख्य पात्र चम्पादेवी नै हुन, जसले घर व्यवहारको सम्पूर्ण जिम्मेवारी सम्हालेर उनलाई राजनीतिमा पूर्ण रुपमा समर्पित हुने अवसर सिर्जना गरिदिएको स्थानीय गोरु बजारकी हरीकलाले बताएकी छन । राजनितिमा होमिएपछि ०५७ सालमा आन्दोलनका क्रममै गिरफ्तार समेत भएका उनी ०६० सालमा भूमिगत अवस्थामै उनी मधेशी जनअधिकार फोरम बाराको जिल्ला अध्यक्ष भए । फोरमले ०६३ माघ २ गते मधेशमा अन्तरिक संविधान जलाउने कार्यक्रम राख्यो, त्यसको नेतृत्व रामसहायले नै गरेका थिए ।

बाराको सिम्रौनगढ ९ बसबरिया खेती र जग्गा जमिन भएका उनी गाउँमा बुवा प्रसादराय यादव र आमा सिहवादेवी यादवको कोखबाट ०२७ सालमा जन्मेका हुन । उनको कलैयामा बसोबास भएपनि बसाईसराई नगरेकाले उनले राजनितीको केन्द्र गाउलाईनै बनाउदै आएका छन ।

वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट गणितमा बीएड गरे, भारतबाट गणित र विज्ञानमा बीएस्सी गरेका उनी पढाई पूरा भएपछि गणित र विज्ञान बिषयमा १७ वर्ष शिक्षण पेशा गरेका हुन ।

रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै बाराको बयलबजार गाउँमा खुसीयाली छाएको छ । नवनिर्वाचित उपराष्ट्रपति यादवको घर कलैया उपमहानगर–५, बयलबजार हो । सिम्रौनगढ बसबरियामा जन्मेका उनीको त्यहा पनि घर गोठ र जग्गा जमिन छ । त्यहीको आम्दानीले घर चलाउदै आएको पत्नी चम्पादेवीको भनाई छ ।

स्थानीय पन्नादेवी कन्या स्कुलमा १८ वर्ष विज्ञान विषय अध्यापन गराएका यादव २०६२÷०६३ को आन्दोलनपछि सक्रिय राजनीतिमा लागेका हुन् । आफ्नो छिमेकी उपराष्ट्रपति भएको भन्दै यहाँका बासिन्दा अब गाउँको विकास हुने अपेक्षा गरेका छन । स्थानीय किसुन यादवले भने, ‘उहाँ उपराष्ट्रपति बनेकोमा हामी गाउँले धेरै खुसी छौँ, गाउँको विकास हुन्छ भन्ने हाम्रो आशा छ तर यो सब उहाँकै हातमा छ ।’

बाराको कलैयाका शिक्षक मनोज कुमार चौधरीले शिक्षण पेसाबाट सामाजिक सेवा र मधेशका नागरिकको हक हितको क्षेत्रमा काम गर्दै मधेश आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा होमिए नवनिर्वार्चित उपराष्ट्रपति यादबेले सबैलाई राम्रो गर्ने सादगी राम्रो मान्छे भएको बताउनु भएको छ । उपराष्ट्रपति पदको गरिमा उच्च बनाउन सक्ने राम्रो मान्छे भएको चौधरीले बताउनु भएको छ ।

इमानदार कार्यशैली, सादगी, लगनशीलता र जवाफदेहीताको चारैतिर प्रशंसा

रामसहाय यादवको इमानदार कार्यशैली, सादगी, लगनशीलता र जवाफदेहीताको चारैतिर प्रशंसा हुने गरेको छ । उनीपछि राजनीति सुरु गरेका अधिकांश नेताको काठमाडौं लगायत शहरमा आधुनिक घर छ । उनीहरुले करौडोंको सम्पत्ति जोडिसके । तर रामसहाय यादवका परिवारको बास अझै गोठमै छ । मधेस आन्दोलनपछि शिक्षक पदबाट राजीनामा दिएर राजनीतिमा लागेका रामसहाय यादव पहिलो संविधानसभाका सदस्य थिए । अहिले उनी प्रतिनिधिसभा सदस्य छन । निर्वाचन क्षेत्र नं. २ बाट उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।


पार्टीमा ‘हाइप्रोफाइल’मै रहे पनि उनको सादगीले धेरै नेता छक्क पर्नै गरेका छन् । हालसम्म आफ्नो परिवारलाई राख्नका लागि उनले १५ बर्ष अघि निर्माण शुरु गरेको घर अहिलेसम्म बन्न सकेको छैन । बारा कचोर्वामा रहेको पुख्र्यौली घरको जमिन बेचेर बाराकै कलैयाको गोरुबजारमा १२ धुर जमिन खरिद गरेर उनले भैंसी पाल्ने गोठ बनाएका थिए । सोही गोठको अर्को पट्टी आफ्नो बास बनाएका रामसहाय यादव आजसम्म त्यही झोपडी तथा गोठमै बस्दै आएका छन् ।


पहिलो संविधानसभामा सदस्य भएको बेला उनले घर बनाउने योजना बनाएका थिए । त्यही जमिनमा घर बनाउन उनले जग हाले, पिलर उठाए । तर त्यसभन्दा अघि बढ्न सकेन । जग हालेको ठाउँमा बोट बिरुवा उम्रिसकेको थियो । तर अहिले घरलाई पूर्णता दिने तयारी छ । काठमाडौँमा दुईवटा कोठा भाडामा लिएर छोराका साथमा बस्दै आएका रामसहाय यादवले आफ्नो पद र प्रतिष्ठामा कहिल्यै घमण्ड गरेनन ।

शेयर
प्रतिक्रिया
Skip to content