जीतपुरसिमरा गोल्डकप पहिलो खेल आयोजक सिमरा र चितबनबिच

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 483 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा /चैत्र ९ गतेदेखि आयोजना हुने जीतपुरसिमरा गोल्डकपको १३ औं संस्करणको पहिलो खेल आयोजक जनजागृती युवा क्लब सिमरा र केबिए ग्लोबल चितवनबिच हुने भएको छ । खेलको तयारी बारे जानकारी दिदै सम्पुर्ण तयारी पुरा भएको आयोजक जनजागृती युवा क्लब सिमराले जनाएको छ ।
सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिता बारे आज मंगलबार आयोजक क्लबले खेल मैदान सिमरा रंगशालामा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

मुख्य प्रायोजक जगदम्बा स्टिलका तर्फबाट कृष्ण दत भट्टले क्लबका अध्यक्ष रामचन्द्र लामालाई प्रतियोगिताको जर्सी समेत हस्तान्तरण गर्नु भएको थियो । सम्मेलनमा लागि टाईसिट सार्वजनिक समेत गरिएको थियो । प्रतियोगितामा ए डिभीजन क्लब र ५ मोफसलका गरी १० टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्बोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । यस्तै विधागत तर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको व्यवस्थापनमा जीतपुरसिमरा उपमहानगरपालिकाले मुख्य आर्थिक सहयोग प्रदान गर्ने क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।

चैत्र १८ सम्म चल्ने प्रतियोगिताको आवश्यक तयारी तथा रंगशालामा फिल्ड व्यवस्थापनको काम सम्पन्न भएको क्लबले जनाएको छ । सम्पन्न पत्रकार सम्मेलनमा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधि तथा क्लबका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । यस पटक होटल ब्यबसायी संघको पहलमा फुड फेस्टिबल समेत हुने भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content