बिरगंज । बिरगंज आदर्शनगरस्थित गुड लाईफ मेडिको प्राइभेट लिमिटेड र काठमाडौं सोल्टीमोड स्थित शुभश्री आई भि एफ क्लिनिकको सहकार्यमा एक दिने निशुल्क निसन्तान पन सम्बन्धी शिविर बिरगन्जमा सम्पन्न भएको छ।
उक्त शिविरमा करिब ३० निसन्तान दम्पतीले निशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा लिएका गुड लाईफ मेडिकोका सन्चालक बिशाल लोहियाले जानकारी दिनुभएको छ । शिविरमा शुभश्री आई भि एफ क्लिनिकका बरिष्ठ प्रसुति तथा स्त्री रोग र आई भि एफ विशेषज्ञ डा. सल्मा बानु र बरिष्ठ ल्याप्रोस्कोपीक सर्जन तथा पुरुष निसन्तान पन विशेषज्ञ डा. अजय पराजुलीले सेवा दिनुभएको छ।
डा. पराजुलीका अनुसार यो सहकार्यले बिरगंज र आसपासका निसन्तान पन दम्पती लाभान्वित हुनेछन् र धेरै जसो उपचार र प्रक्रिया यहिं सम्भव भएकोले निसन्तान पन उपचारका लागि काठमाडौं गएर लामो समय बस्नुपर्ने अवस्था को अन्त्य भएको बताउनु भएको छ । उक्त क्लिनिकका सन्चालक लोहियाले अब नियमित रुपमा निसन्तान पन सम्बन्धी क्लिनिक सन्चालन हुने जानकारी दिनुभयो।