मनोकामना शिद्धहुने शिद्धबाबा र हाईकिङ्गको नयाँ रुटले पर्यटन प्रवद्र्धन

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
5 मिनेट पढ्न लाग्ने समय

बारा । मधेश प्रदेशमै पहिलो पटक बारामा पर्यटन क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धन गर्न हाईकिङ्ग पैदलमार्ग निर्माण हुने भएको छ । चुरे शिवालिकसँगै जोडिएको बाराको अम्लेखगञ्ज क्षेत्रमा हाइकिङका लागि राम्रो गन्तव्य पत्ता लागेसगै यसको निर्माणमा उपमहानगर लागि परेको हो ।

हाईकिङ्ग रुट निर्माणका लागि प्राविधिक सहितको टोलीले बुधबार निरिक्षण गर्दै

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. २१ र २२ मा हाईकिङ्ग रुट निर्माण हुने भएको हो । हाईकिङ्ग रुट निर्माणका लागि प्राविधिक सहितको टोलीले बुधबार निरिक्षण गर्दै मधेश प्रदेशको जीतपुरसिमरामा रहेको पहाडको पर्यटकिय शिद्धबाबा मन्दिरलाई लक्षित गर्दै पैदल मार्ग निर्माण गर्न लागेको हो ।

जीतपुरसिमरा उपमहानगरको वडा नं २१ को झोलुङ्गे पुलदेखि वडा नं २२ को सिद्धबाबा मन्दिर हुँदै ढुकुवाबास ३ नं पुलसम्म करिव ७ किलोमिटर हाइकिङ रुट पत्ता लागेको हो । यो मधेश प्रदेश र बाराकै पहिलो हाइकिङ रुट हो । अम्लेखगञ्जको झोलुङ्गे पुल हुँदै सिक्रनी, कोडभञ्ज्याङ, पोखरी हुँदै सिद्धबाबा मन्दिर पुगिन्छ, मन्दिर दर्शन गरेर त्यहाँबाट ढल्के, ढुकुवाबास भ्यूटावरसम्म पुगेर तीन नं. पुलकामा पुग्न सकिने पैदलमार्ग रहेको छ ।

मनोकामना शिद्धहुने शिद्धबाबा

सिद्धबाबा मन्दिर ऐतिहासिक धार्मिक तथा एउटा राम्रो प्राकृतिक पर्यटकीय गन्तव्यको रुपमा सम्भावना बोकेको ठाउँ हो । स्थानीयहरुले यहाँ दैनिक पूजाआजा गर्ने गर्दछन । सिद्धबाबाको मन्दिर पुगेर दक्षिणतर्फ देखिने हरियाली र मनमोहक दृश्यसँगै चुरेबाट बग्ने खोलानाला, अलि नजिकैको अम्लेखगञ्ज र सिमरा बजारको सुन्दर दृश्यले पर्यटकको मन लोभ्याउँने गरेको छ । अझ त्यहाँदेखि उत्तरतर्फ प्रस्टसँग हिमाल, तल फाँटका सुन्दर बस्ती देख्न सकिने बाराको घले बजार रहेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनाको आयोजना र होटल तथा तथा पर्यटन व्यवसायी संघ बाराको समन्वयमा पर्यटन क्षेत्रको सम्भावना पहिचान र प्रवद्र्धन गर्न यो हाईकिङ्ग पैदलमार्ग निर्माण आवश्यक भएको होटल तथा तथा पर्यटन व्यवसायी संघ बाराका महासचिब गोबिन्द गहतराजले बताउनु भयो । हाइकिङ ट्रयाक नभएको, पैदल यात्रुहरुका लागि विश्रामस्थल, पिउने पानीको अभाव देखिएको यात्रामा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ बारामा महासचिव गहतराजले बताउनु भयो ।


अब थोरै लगानीमा पनि रुटहरु खोलेर, अम्लेखगञ्जको झोलुङ्गे पुलदेखि सिद्धबाबा मन्दिर हुँदै ३ नं पुलसम्म पर्यटकहरुका लागि १ दिनको हाइकिङ प्याकेज हामी बनाउन सक्छौं,’ गहतराजले बताए । जीतपुरसिमरा उपमहानगरको वडा नं २१ र २२ अम्लेखगञ्जदेखि ३ नं पुलसम्मको भूभाग तराईको पहाडका रुपमा परिचित छ ।

७ किलो मिटरको ट्रयाकिङ्ग र हाईकिङ्ग पदमार्ग

जितपुरसिमरा वडा नं. २२ का वडाअध्यक्ष शेखर काजी लामा ऐतिहासिक स्थान अमलेखगन्जलाई पर्यटकिय क्षेत्र बनाउन ७ किलो मिटरको ट्रयाकिङ्ग र हाईकिङ्ग पदमार्ग बनाउन लागि परेको बताउनु भएको छ । अम्लेखगञ्जसम्म आएका पर्यटकलाई कम्तीमा दुई दिनसम्म राख्न सक्ने गरी निकुन्ज र हाईकिङ्गले पर्यटनमा थप टेवा पुराउने लामाले बताउनु भयो । अम्लेखगञ्जमा राणकालीन शासकहरुसँग जोडिएको ऐतिहासिक तथा चर्चित धार्मिक स्थलहरु भएकाले यो क्षेत्रमा ट्रेकिङ र हाइकिङ दुवै कार्यक्रम सञ्चालन गर्न सकिने बताए ।

मधेश प्रदेशमै यस पदमार्ग पहिलो

जितपुरसिमरा वडा नं. २१ का वडाअध्यक्ष शुभास श्रेष्ठले पर्यटकिय क्षेत्र बनाउन डिपीआर बनी सकेकोलेले मधेश प्रदेशमै यस पदमार्ग पहिलो भएको बताउनु भएको छ । श्रेष्ठले यो क्षेत्रमा उपमहानगरले छिट्टै एउटा डीपीआर तयार गरेर काम अगाडि बढाउँने उनले बताए ।

समथर भुभागबाट झण्डै एक हजार फिट उचाईमा रहेको

जितपुरसिमरा उपमहानगरका ईन्जििनियर संजिब रुपाखेतीले उपमहानगरपालिकाका तर्फबाट प्राबिधिक पक्षको काम तिब्र गतीमा भईरहेको बताउनु भएको छ । स्थानीय स्तरमा चर्चित शिद्धबाबा मन्दिर समथर भुभागबाट झण्डै एक हजार फिट उचाईमा रहेको उनले बताएका छन । ‘पूरै रुट कति किलोमिटरमा छ, कति समयमा पुग्न सकिन्छ, हाइकिङमा पर्यटकको सुरक्षा कसरी गर्न सकिन्छ, सिद्धबाबा मन्दिरलाई कसरी व्यवस्थित गर्ने, बिजुली, खानेपानी, सीसी क्यामेरा जडान लगायतका विषयमा उपमहानगरले अध्ययनको काम सुरु गरिसकेको छ,’ इन्जिनियर रुपाखेतीले बताए । ‘बेरोजगार युवाहरुलाई रोजगारीका लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको बजेटलाई सदुपयोग गरेर हाइकिङका लागि बाटो खुलाउने हाम्रो योजना रहेको रुपाखेतीले बताए ।

पूर्वपश्चिम राजमार्ग, मधेश प्रदेशकैै एक मात्र निकुञ्जका रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो क्षेत्रमा पर्यटकहरुका लागि प्याकेजमै कार्यक्रम बनाउन सके जिल्लाको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।

अमलेखगन्ज एकातर्फ पर्सा राष्ट्रिय निकुञ्ज, हात्तीसार रहेको छ भने अर्को तर्फ हाइकिङ र शिद्धबाबाको दर्शनले पर्यटकहरुका लागि प्याकेजमै कार्यक्रम सञ्चालन गर्न आबश्यक देखिएको छ ।

सो कार्यक्रममा प्रहरी प्रशासनका स्थानीय प्रमुख तथा प्रतिनिधिहरु, जीतपुरसिमरा उपमहानगरका प्राविधिक, कर्मचारीहरु, होटल तथा पर्यटन व्यवसायी, सम्वन्धित वडाका वडाध्यक्षसँगै स्थानीय सञ्चारकर्मीहरु सहभागी थिए ।

शेयर
प्रतिक्रिया
Skip to content