रात्रीकालिन फुटबलको आनन्द, पहिलो दिनकै उद्धघाटन खेलमा खचाखच रगशाला
बारा । विहिबारबाट बाराको सिमरामा शुरु भएको १३ औं संस्करणको जीतपुरसिमरा गोल्डकप रात्रीकालिन फुटबलको आनन्द लिन नपाएका मधेश प्रदेशका फुटबलप्रेमीले पहिलो दिनको खेलमै जमेर मज्जा लिएका छन । बाराको सिमरामा शुरु भएको जीतपुरसिमरा गोल्डकपको आनन्द लिन बारा पर्साका धेरै दर्शकको उपस्थिति रहएको थियो ।
कोरोना महामारीका कारण बिगत केहीबर्ष फुटबलको आनन्द उठाउन नपाएका दर्शक राती आठ बजेबाट शुरु भएको खेल हेर्न १० बजेसम्मै रगशाला खचाखच हुन सफल भएको छ । पहिलो दिनकै उद्धघाटन खेलमा खचाखच रगशालामा भरिएका दर्शकको हुटिङ्गले एक पटक सिमरा फेरी रात्रीकालिन फुटबलको मज्जा लिन पाएका छन ।
प्रतियोगितामा फुड फेस्टिबलको आयोजना
राती अबेरसम्म दर्शक आनन्द मानी फुटबल हेर्न मस्त रहेका थिए । यस बर्ष रात्रीकालिन समयमा फ्लड लाईटमा आयोजना भएको प्रतियोगितामा फुड फेस्टिबलको आयोजनाले गर्मीको समयमा शितलतासगै खाजा र खानाको समेत मज्जा लिएका छन ।
खेलमा भरतपुर फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश
आज शुरु भएको खेलमा भरतपुर फुटबल क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
आयोजक नव–जनजागृती यूवा क्लबलाई ३–१ को अन्तरले हराउदै भरतपुरले अन्तिम ८ को यात्रा तय गरेको हो । शूरुवाती अग्रता बनाएको भरतपुरविरुद्ध बराबरी गोल फर्काएपनि आयोजक जन जागृती फुटबल टिम घरेलु मैदानमा निरीह बन्दै प्रतियोगिताबाट बाहिरीयो । भरतपुरले खेलको सातौं मिनेटमै भिष्म क्षेत्री टिमलाई अग्रता दिलाएका थिए ।
सुरुवाती दबाब झेलेको आयोजक जनजागृती क्लबले खेलको ३३ औं मिनटमा बराबरी गोल गरेको हो । भरतपुरका डिफेण्डरले डिबक्स भित्र फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै आयोजक टिमका अफ्रिकी स्ट्राईकर ग्लोरीले खेललाई बराबरीमा ल्याएका थिए ।
केहि मिनेटमै भरतपुरले सिमरा विरुद्ध पाएको पेनाल्टीले भरतपुरले पूनः अग्रता बनायो । सुनील श्रेष्ठको गोलबाट भरतपुरले पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो ।
शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल
खेलको अन्तिम समयमा भरतपुरले अन्तिम मिनेटमा सुनील श्रेष्ठकै गोल मार्फत आयोजक विरुद्ध ३–१ को जित दर्ता गराएको हो । दोश्रो हाफको इन्जुरी समयको सातौं मिनटमा सुनीलले गोल गरेका थिए । आयोजकविरुद्ध आक्रामक खेल खेलेको भरतपुरका सुनील श्रेष्ठ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार नगद सहित ट्रफि प्राप्त गरे । उनलाई एन्फा उपाध्यक्ष दावा लामाले म्यान अफ दि म्याच प्रदान गरे । शुक्रबार वीरगञ्ज युनाईटेड क्लब र बागमती यूवा क्लब सर्लाहीविच खेल हुने छ ।
सिमरा रंगशालाको अधुरो काम आफनै नेतृत्वमा सम्पन्न गर्ने –प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ
प्रतियोगिताको एक कार्यक्रमकाबिच बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य कृष्ण कुमार श्रेष्ठ किशानले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य श्रेष्ठले सिमरा रंगशालाको अधुरो काम आफनै नेतृत्वमा सम्पन्न गर्ने गरी विकास गर्न आफु प्रतिवद्ध रहेको बताउनु भएको छ । पुर्व मन्त्री समेत रहनुभएका श्रेष्ठले यस क्ष्ँेत्रको विकासमा जीतपुरसिमरा गोल्डकपले ठुलो भुमिका खेलेको बताउनुभयो ।
खेल र खेलाडीको विकास गर्न नगर प्रतिवद्ध –नगर प्रमुख राजन पौडेल
कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष दावा लामाले खेलको विकासमा आयोजकले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । बारा क्षेत्र नम्बर ४ क का प्रदेशसभा सदस्य देव नारायण चौधरीले सिमरा रंगशालाको स्तरउन्नतीको निम्ति सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले खेल र खेलाडीको विकास गर्न नगर प्रतिवद्ध रहेको बताउनुभयो । कार्यक्रममा संविधानसभा सदस्य शोभाकर पराजुली, पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, क्लबका महासचिव शम्भुसिंह ठकुरी लगायतले शुभकामना ब्यप्त गरेका थिए ।
नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । चैत्र १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले नगद १० लाख रुपैया र उप बिजेताले नगद ५ लाख रुपैया पाउनेछन् ।
प्रतियोगिता उद्धघाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका उप प्रमुख भोला प्रसाद अधिकारी, सहायक रथी श्री नं २८ का सानुकाजी थापा, कोल्हवी नगरपालिकाका नगर प्रमुख राम प्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक संतोष भट्राई लगायतको उपस्थिति रहेको थियो ।