तेक्वान्दो संघ मधेश प्रदेशको बार्षिक साधारण सभा सम्पन्न

तराइ संचार
तराइ संचार 820 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । नेपाल तेक्वान्दो संघ मधेश प्रदेशको बार्षिक साधारण सभा रौतहटको नुनथरमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ मधेश प्रदेश समितिका अध्यक्ष पेमासिद्धि लामाको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।


संघका केन्द्रिय सदस्य एवम मधेश प्रदेश संम्योजक गुरुप्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा प्रदेश कार्य समितिका पदाधिकारी , जिल्ला अध्यक्ष , तेक्वान्दो प्रशिक्षकहरु लगायतको उपस्थिती रहेको थियो । साधारण सभाले कोषाध्यक्ष नारायण शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन र महासचिब राजकुमार लामाले प्रस्तुत गरेको सांगठानिक एवम बार्षिक कार्यक्रम प्रतिबेदन बारे समिक्षा गर्दै अनुमोदन गरेको थियो ।

साधारण सभामा बारा जिल्ला अध्यक्ष चित्र बहादुर लामा , प्रदेश महासचिब राजकुमार लामा, अन्तराष्ट्रिय रेफ्रि जितसिह लामा, भाईकाजी श्रेष्ठ लगायतले शुभकामना ब्यप्त गरेका थिए ।


प्रमुख अतिथि गौतमले स्थानी तहले खेल क्षेत्रमा लगानी गर्नुपर्ने रकम दुरुपयोग हुने गरेको र स्थानीय तहले खेल क्षेत्रको लगानी पर्याप्त नगरेको आरोप लगाए । अध्यक्ष लामाले प्रदेश समितिले जेठमा अन्तराष्ट्रिय प्रतियोगिता गर्न लागेकोले समयमै सबै तदारुकताका साथ सबै लाग्नु पर्ने बताए । साधारण सभामा प्रमुख अतिथि गौतमले मनोनित सदस्य एवम पदाधिकारीहरुलाई प्रमाण पत्र समेत बितरण गनर्् भएको थियो ।

शेयर
प्रतिक्रिया
Skip to content