उपराष्ट्रपति यादब पहिलो पटक गृह जिल्ला भ्रमणमा

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 428 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । उपराष्ट्रपति बनेपछि पहिलो पटक रामसहाय प्रसाद यादव २ दिने गृह जिल्ला आई पुग्नु भएको छ । धार्मिक महत्वको गृह जिल्लामा रहेको गढीमाई मन्दिरको दर्शन गर्न बारा आउनु भएका उपराष्ट्रपति यादव एक दिनको बसाई पछि काठमाण्डौ फर्किने कार्यक्रम रहेको छ ।


उनको स्वागतमा मधेशप्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, निवर्तमान संयीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुखहरु, स्थानिय प्रहरी प्रशासन प्रमुखहरु , जिल्लाका सरकारी कार्यलयका कर्मचारीहरु र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुको सिमरा विमानस्थलमा भिड लागेको थियो ।

जिल्लाको भ्रमणमा आएका उपराष्ट्रपति यादवले आज बाराको चर्चित धार्मिक स्थलहरु गढिमाई मन्दिर, सिम्रौनगढ स्थित कंकाली मन्दिर दर्शन गर्ने र स्थानिय तहहरुले आयोजना गरेको सम्मानको कार्यक्रममा सहभागी हुने जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले जनाएका छन् ।

शेयर
प्रतिक्रिया
Skip to content