बारा । बाराको सिमरामा जारी १३ औं जीतपुरसिमरा गोल्ड कपमा डिफेण्डिङ च्याम्पियन न्युरोड एनआरटी सेमी फाइनलमा प्रवेश गरेको छ ।
‘बी’ डिभिजन क्लब बीरगञ्ज यूनाईटेडसंगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरेर १–० को संघर्षपूर्ण जित निकाल्न सफल भए । खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्स भित्र निकालेको क्रसपासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको बीरगञ्ज यूनाईटेड खेलमा केहि आकर्षक अवसर बनाएपनि फिनिसिङमा चुक्दा प्रतियोगितामा हार ब्यहोर्न पुग्यो ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध बीरगञ्जले दोश्रो हाफमा सुधारिएको खेल प्रस्तुत ग¥यो । दोश्रो हाफको शुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेलेपनि बीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनटमा बीरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । कृपा चौधरीले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरे ।
प्रतिष्पर्धात्मक खेलमा एनआरटीले पनि केहि आकर्षक गुमाएको थियो जसकारण बीरगञ्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नुपरेको थियो ।
खेलको सातौं मिनटमा कृति रत्न चुन्जुको क्रसपासमा अशोक थापाको प्रहार गोलपोष्ट नजिकबाट बाहिरीएको थियो । खेलको ६४ औं मिनटमा अशोक थापाले किपर समेत बिट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार बीरगञ्जका डिफेण्डरले गोललाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पु¥याउन निर्णायक गोल गरेका अशोक थापा खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दशहजार नगद सहित ट्रफि प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाविच तेश्रो क्वाटर फाइनल खेल हुनेछ ।