उपराष्ट्रपति यादव जन्मथलो कचोर्वा जादै कंकालीमाईको दर्शन गर्ने

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 404 - पाठक संख्या
3 मिनेट पढ्न लाग्ने समय

बारा । नवनिर्वाचित उपराष्ट्रपति रामसहायक यादव आज आफनो जन्मथलो कचोर्वा बसबरिया जानु हुने भएको छ । ऐतिहासिक मध्यकालिन ईतिहासको राजधानी सिम्रौनगढको कंकालीमाई मन्दिरको दर्शन र आफनै गाउमा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको उपराष्ट्रपतिको सचिजालयले जनाएको छ । आईतबार हिजो उपराष्ट्रपति यादवले गढीमाईको दर्शन गर्नु भएको थियो । दुवै देवीका मन्दिर शक्ती पिठ र प्रशिद्ध छ ।

संबिधानको पालन, संरक्षण र राष्ट्रिय एकतालाई मजबुत पार्छु  –उपराष्ट्रपति यादव

गढीमाईको दर्शनपछि उपराष्ट्रपति यादवले संबिधानको पालन, संरक्षण र राष्ट्रिय एकतालाई मजबुत बनाउनु पर्ने बताउनु भएको छ । यसको लागि आफु ईमान्दारिताका साथ काम गर्ने प्रतिबद्ध रहेको बताउनु भएको छ ।

उपराष्ट्रपति यादब निर्वाचित भए पछि पहिलो पटक गृह जिल्ला र गढीमाई मन्दिरको दर्शन गर्न बारा आएका हुन ।

दर्शन पछि महागढीमाई नगरपालिकाले मन्दिर परिसर बरियारपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले सो कुरा बताउनु भएको हो । उपराष्ट्रपति यादबले कसैलाई पनि भेदभाव नगरी सबैलाई समेटेर काम गर्ने बताउनु भएको छ । आफू सामान्य गरिब परिवारमा जन्मेको र पढे, लेखेर शिक्षा पेशा अपनाएर राजनीतिकमा लाग्दा आज देशकै उपराष्ट्रपति बन्न सफल भएको उहाँले बताउनु भयो ।

‘‘देशको विकासको लागि सबै नागरिक शिक्षित हुनुपर्ने बताउदै देशको शिक्षा र स्वास्थ्य क्षेत्रको लागि आफूले सक्दो पहल गर्ने यादवको भनाइ थियो।
हिजो कुनै पार्टीको सदस्य भएको कारण उपराष्ट्रपति बने पनि उपराष्ट्रपति भए पछि म कुनै पार्टीको सदस्य रहिन् अब नेपालको उपराष्ट्रपति मात्रै हुँ यादवले बताए ।

कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले गढीमाई मन्दिरलाई पर्यटकीय रुपमा विकास गर्नको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष यादबले उपराष्ट्रपति र मुख्यमन्त्रीसँग गढीमाई मन्दिर क्षेत्रको विकासमा सहयोग गर्न माग गरेको थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भए पछि खाली भएको बारा– २ को निर्वाचन क्षेत्रबाट वैशाख १० गते गरिने उपनिर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने चर्चा छ । गढीमाई मन्दिरको दर्शन गर्ने कार्यक्रम जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादब, निवर्तमान संयीय सांसद रामबाबु प्रसाद यादव, प्रदेश सभा सदस्यहरु, पालिका प्रमुखहरु, स्थानिय प्रहरी प्रशासन प्रमुखहरु, जिल्लाका सरकारी कार्यलयका कर्मचारीहरु र पार्टीका नेता तथा कार्यकर्ताहरु उपराष्ट्रपतिको सम्मानमा पुगेका थिए ।

यादबको सम्मानमा बाराका दक्षिणी क्षेत्रका अधिकाश पालिकाले सम्मान गर्ने कार्यक्रम रहेको छ । उपराष्ट्रपति यादव आजै काठमाण्डौ फर्कने कार्यक्रम रहेको छ ।

शेयर
प्रतिक्रिया
Skip to content