सिम्रौनगढका आगलागि पिडित खान र बस्न नपाएपछि राहतको माग गर्दै नगरपालिका

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 1.1k - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

आगलागीबाट छ घर–गोठ नष्ट १० लाख क्षति

बारा । बाराको सिम्रौनगढमा आज बिहान २ः३५ बजे लागेको आगलागीबाट छ घर–गोठ नष्ट भएका पिडित खान र बस्न नपाएपछि सिम्रौनगढ नगरपालिका पुगेका छन । घरगोठ जलेपछि दलित समुदाय छिमेकीको घरमा शरणार्थि बनेको भएपनि नगरप्रमुखले दैवी प्रकोपमा समयमै राहत सामाग्री पुराउन उनीहरुले माग गरेका छन ।

सिम्रौनगढ नगरपालिका–२ रानीवास बजारका रामरित पासवानको गाईभैसीलाई मच्छड धपाउन गोठमा बालेको आगो सल्केर भएको आगलागीबाट करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक सुरेन्द्र साहले जानकारी दिए ।

दलित समुदायको बाक्लो उपस्थिति रहेको अधिकाश खर र झुपडीका घर रहेकोमा बस्तीको बिचमा रहेको एक वटा पक्कीघरले अरु धेरै घर जल्नबाट बचेको वडाध्यक्ष अरबिन्द मुखियाले बताउनु भयो । आगलागि पछि सिम्रौनगढ नगरपालिकाका नगर उपप्रमुप्रमुख नजमु शेहर र प्रतिनिधि सभाका सभासद अच्युत मैनालीले घटनाको निरिक्षण गरेका छन् । बस्ने बास र खानेको अहिलेसम्म बन्दोबस्त हुन नसकेको भन्दै पिडितहरु सिम्रौनगढ नगरपालिका पुगेपनि नगरप्रमुख सम्र्पकमा नभएको कारण पिडितहरु बिचल्लीमा परेको वडाध्यक्ष मुखियाले बताउनु भयो ।


आगोले रामसुरत पासवानको साईकल मोटरसाईकल लत्ता कपडा सहित २ लाख, लालबाबु पासवानको घरगोठ पानी तान्ने मोटर लत्ताकपडा एक लाख पचास हजार जलेर नष्ट भएको हो । त्यसैगरी राजेश पासवानको घरगोठ सम्पुर्ण गरी एक लाख पचास हजार, रमेश पासवानको एक लाख बिस हजार र गगनदेव पासवान घर–गोठ गरी ६० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


आगोले नगद, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ भने एक भैसीको अधिकाश भाग जलेको छ । आगो डेढ घण्टापछि प्रहरी र सिम्रौनगढ नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी नबराज सापकोटाले बास र तत्काल खानपानका लागि रेडक्रस र स्थानीय पालिकालाई निर्देशन दिई सकेको बताउनु भएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content