निजगढ निवासी युवराज लामा कराते महासङ्घको अध्यक्ष निर्वाचित

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 574 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बारा निजगढ निवासी युवराज लामा नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन । चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्वमा २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा निर्वाचित भएको हो ।

नेपाल कराते महासङ्घले आफनो बिधान बनाउन र महाधिबेशन गर्न नसकेपछि खेलकुद परिषदले नेपाल कराते महासङ्घ बिघटन गरी लामाको नेतृत्वमा तदर्थ समिति गठन गरी बिधान निर्माण, महाधिबेशन गरी कार्य समिति बनाउन जिम्मेवारी दिएको थियो । लामाको अगुवाई यी सबै काम परिषदले दिएको समय अघि समयमै सकेको छ ।

यसका साथै मतदाताहरुले पुनः लामालाईनै अध्यक्षमा निर्वाचित गरेर नेपाल कराते महासङ्घलाई पुनर्जिवन दिएको छ । विसं २०३८ मा सितोरियो कराते मार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिब समेत भई सकेका लामा कलाकार समेत हुनुहुन्छ । पछिल्लो समय निजगढलाई नै केन्द्र बनाउदै होटल तथा पर्यटन क्षेत्रलाई अघि बढाउदै आएका लामा कराते महासंघमा आएपछि करातेले पुनः फड्को मार्ने आशा गरिएको छ । यसका साथै राष्ट्रिय खेलकुद परिषदले खेल संघहरुलाई बलियो बनाउने भन्दा कस्दै गलत निर्णय गर्दै आएकोमा अब खेल संघहरुलाई बलियो बनाउन समेत लामाको भुमिका हुने अपेक्षा गरिएको छ ।

   महाधिबेशनले महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ जनालाई उपाध्यक्षमा चयन गरेको छ । देवकुमार लामा, प्रकाश मोहन धौभडेल, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा उपाध्यक्ष चयन भएका छन् । महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए । सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन ।

यस्तै सदस्यमा रवि महर्जन, रामबहादुर सिंह ठकुरी, राजेन्द्र बराल, सञ्जयसुन्दर सैँजु, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, शाहीकुमारी तिनुङ चयनभएका छन । अध्यक्षले मनोनित गर्ने स्थानमा लामाले सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेका छन ।
७६ जना मताधिकार प्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन डब्लुकेएफले मान्यता दिएका करातेका चार विधा हुन् ।

 

शेयर
प्रतिक्रिया
Skip to content