बारा । हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गदै चर्च ब्वाईज यूनाईटेडले बाराको सिमरा रङ्गशालामा जारी १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधि हात पार्न सफल भएको छ ।
उपाधिसंगै चर्च ब्वाईजले दशलाख नगद र ट्रफी हात पारेको छ । फाईनल खेलमा उपविजेता हिमालयन शेर्पाले पाँचलाख रुपैयामा चित बुझाएको छ ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको चर्च ब्वाईजलाई जीतपुरसिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरेका हुन ।
खेलको छैठौं मिनटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरीएका थिए । सेन्टरलाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।
दश खेलाडीमा सिमीत बनेरपनि चर्च ब्वाईजलाई शेर्पाले पहिलो हाफको अन्तिम सम्म कडा चुनौति दिएको थियो । खेलको ३५ औं मिनटमा मिलन राईले फ्रि किक गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए । डिबक्स बाहिरबाट कप्तान मिलन राईले गरेको प्रहार सिधै जाली चुमेको थियो ।
दोश्रो हाफको ईन्जुरी समयमा आशिष चापागाईले गोल गर्दै अग्रता दोब्बर बनाए । काउन्टर एट्याकमा आशिषले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाउदै टीमका लागि दोश्रो गोल गरेका हुन ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भए उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाँई घोषित भए उनीहरुले समान २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशिल राई घोषित भए । उनले २० हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनील श्रेष्ठ घोषित भए उनले २० हजार नगद प्राप्त गरे । प्रतियोगिताको उदयमान खेलाडी नवजनजागृती यूवा क्लब सिमराका दिलीप माझी घोषित भए उनले नगद पन्ध्रहजार प्राप्त गरे । अनुशासाशित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जित्यो । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका थिए ।
आयोजक नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न फाईनल खेलका बिजेता खेलाडीहरुलाई उपराष्टपति रामसहाय यादब, प्रदेश सभाका सदस्य देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
राम्रा खेल मैदान आबश्यक छ – उपराष्ट्रपति यादब
बारा । नेपाली खेलाडीहरुका लागि राम्रा खेल मैदान आबश्यक रहेको उपराष्ट्रपति रामसहाय यादबले बताउनु भएको छ ।
बाराको सिमरा रंगशालामा नव जनजागृती युवा क्लब सिमराद्धारा भई रहेको १३ औं जीतपुरसिमरा गोल्डकपका प्रमुख अतिथि बनेर आउनु भएका उपराष्ट्रपति यादबले खेल र खेलाडी देशका गहना समेत बताउनु भएको छ ।
देशका यस्ता गहनालाई जोेगाएर राख्न पर्ने समृद्ध र उत्कृष्ट बनाउनु पर्ने बताउनु भएको छ । खेलले बिश्वमा देशको नाम चिनाएको बताउदै खेल क्षेत्रमा देशले पर्याप्त लगानी लगानी बढाउनु पर्छ उपराष्ट्रपति यादबले बताउनु भयो ।
आयोजक नव जनजागृती युवा क्लब सिमराका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा सम्पन्न फाईनल खेलका बिजेता खेलाडीहरुलाई उपराष्ट्रपति रामसहाय यादब, प्रदेश सभाका सदस्य देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल लगायतका अतिथिहरुले पुरस्कार तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो ।
फाईनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले पराजित गदै चर्च ब्वाईज यूनाईटेडले उपाधि हात पार्न सफल भएको छ ।