अख्तियारद्धारा मालपोत कार्यालय बारामा कार्यरत दुई पक्राउ

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 579 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले जिल्ला मालपोत कार्यालय बारामा कार्यरत खरिदार राम विश्वास साह सहित दुई जनालाई पक्राउ गरेको छ ।

खरिदार साह सहित र लेखापढी काम गर्ने गौरीशंकर कुशवाहालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाण्डौका प्रवक्ता भोला दाहालले प्रेस विज्ञप्ती मार्फत जनाएका छन ।

जग्गा रजिष्ट्रेसन पास गर्नका लागि सेवाग्राहीसँग रु. १५,०००।– घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले घुस रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित मालपोत कार्यालय, परिसर नजिकै रहेको पसलबाट आईतबार दिउसो नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरेको विज्ञप्तीमा जनाईएको छ ।

शेयर
प्रतिक्रिया
Skip to content