बारामा ३६ जनाको उम्मेदबारी दर्ता

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 983 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । बैशाख १० गते बाराको क्षेत्र नं. २ मा हुन गई रहेको प्रतिनिधि सभा सदस्यको उप निर्वाचनमा बाराबाट ३६ जनाले उम्मेदबारी दर्ता गरेका छन ।
नेपाली काग्रेस, माओवादी, लोसपा लगायतको गठबन्धनबाट जसपाका केन्द्रिय अध्यक्ष एवम पुर्व मन्त्री उपेन्द्र यादबले उम्मेदवारी दर्ता गर्नु भएको छ ।

नेकपा एमालेबाट पुर्व मन्त्री पुरुषोत्तम पौडेलले उम्मेदबारी दर्ता गर्नु भएको छ । जनमत पार्टीबाट शिवचन्द्र कुश्वाहा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुर्व प्रहरी रमेश खरेलले उम्मेदवारी दर्ता गर्नु भएको छ । विवेकशिल साझाबाट लक्ष्मण यादब, राप्रपाबाट सोनालाल साह, नागरिक उन्मुक्तीबाट डा. कमरुल्लह अन्सारी, नेपाल संघीय समाजवादी नेजारुल अन्सारीले उम्मेदवारी दर्ता गरेका छन ।

त्यसैगरी मंगोल नेशनल संगठनबाट प्रमोद राम, हाम्रो नेपाली पार्टीबाट चन्द्र प्रकाश सुवेदी, मजदुर किसान पार्टीबाट मुक्ती प्रसाद यादब र आम जनता पार्टीबाट अरुण ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन । स्वतन्त्रबाट २१ जनाको उम्मेदबारी परेको छ ।

जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको यो निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा बिगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय ९८ पुगेको छ । यस क्षेत्रमा पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएको हो ।

शेयर
प्रतिक्रिया
Skip to content