देश र जनताको विकासको नेतृत्व एमाले गर्न सक्छ भनेर देखाइसकेकाले मेरो जित सुनिश्चित छ – पौडेल

गुरुप्रसाद गौतम
गुरुप्रसाद गौतम 490 - पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बारा । देश र जनताको विकासको नेतृत्व एमाले गर्न सक्छ भनेर देखाइसकेकाले मेरो जित सुनिश्चित भएको नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बताउनु भएको छ ।

बारा निर्वाचन क्षेत्र नं. २ का लागि आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता पछि कलैया एभरेष्ट लजमा पत्रकार सम्मेलन गर्दै नेता पौडेलले यस्तो बताउनु भएको हो ।

यो उपनिर्वाचन भविष्यको रेखा हो भएको बताउदै उनले आगामी दिनमा स्थायित्व र राष्ट्रियताको संरक्षण गर्दै एमालेलाई राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्न जनताले मेरो पक्षमा मतदान गर्ने उनले बताए । यो क्षेत्रबाट एमालेले २०४८ साल, २०५६ सालमा जितेको थियो साथै अहिलेपनि दुई पालिका आफुहरुले जितेकाले आफनो जित्ने आधार प्रसस्त रहेको उनले बताए । अहिले फेरि जित्ने संकेत आएको छ उनले बताए । गढीमाई मन्दिरको बिकास आफुले शुरु गरेको बताउदै उनले भावी दिनमा गढीमाईको बिकास मेरो पहिलो ऐजेन्डा भएको उनले बताए ।

यस क्षेत्रमा उत्पीडित जाती, क्षेत्र, लिङ्ग एमालेको पक्षमा खडा भएकाले आफूले जित्ने पौडेलको दाबी छ । ‘गठबन्धन नेताहरुको बिचमा भएको हो जनताको बिचमा होइन,’ उनले भने, ‘देश र जनताको विकासको नेतृत्व गर्ने एमालेले देखाइसकेकाले मेरो जित सुनिश्चित छ ।’

पौडेलको प्रस्तावकमा बलविर चौधरी र समर्थकमा बन्दना सिंह छन् ।

शेयर
प्रतिक्रिया
Skip to content