सिमरा । जीतपुरसिमराका स्वास्थ्यकर्मीहरुले कार्यपालिकाको निर्णय नमान्ने बताएका छन् । आफुहरुको सुझाव र सल्लाह विना बनेको स्वास्थ्यकर्मी कर्मचारी तेरिज कार्यपालिकाले निर्णय गरे पनि आफुहरु नमान्ने बताएका हुन । नगरप्रमुख राजन पौडेल समक्ष ज्ञापनपत्र दिदै स्वास्थ्यकर्मीहरुले यस्तो बताएका हुन ।
स्वास्थ्य क्षेत्रमा अराजकता छ – नगरप्रमुख पौडेल
नगरप्रमुख पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्न कार्यपालिकाले ऐन कानुन निर्माण गर्ने कार्यपालिकाको अधिकार भएको बताउदै कर्मचारीका कुनै पेशागत समस्या भए ब्यक्तीगतरुपमा आउनु पर्ने बताउनु भयो ।
स्वास्थ्य सस्था बन्द गर्दै जनतालाई सेवा दिने भन्दा अराजकता निम्ताउन स्वास्थ्यकर्मीहरु लागि परेको बताउनु भयो । कर्मचारी कसैले उचालेका भरमा हिड्ने हो भने राजनितीमा आउन आग्रह गर्नु भयो ।
सबैको सरसल्लाहमा निति निर्माण र कर्मचारी ब्यबस्थापन भईरहेको अबस्थामा स्वास्थ्य कार्यालय बन्द गरेर आन्दोलनमा कार्यालय कुस्ती खेल्न आए जसरी आउनु सरासर गलत भएको बताउनु भएको छ । प्रमुख पौडेलले कार्यापालिकाले गरेको निर्णय कथित भनेर आउनु सरासर गलत भएको बताउनु भयो ।