शान्ती प्रकृया छिटो सक्ने बहानामा पिडितलाई न्याय नदिने काम हुदैनः अध्यक्ष ओली

तराइ संचार
तराइ संचार 751 - पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ती प्रकृया छिटो सक्ने बहानामा पिडितलाई न्याय नदिने काम भईरहेको आरोप लगाउनु भएको छ । उनले अन्यायमा परेकालाई थप अन्यायमा पार्ने काम भएको समेत बताउनु भएको छ ।

बारा जिल्लाको महागढीमाई नगरपालिका बरियापुरमा नेकपा एमाले जिल्ला कमिटिले आयोजना गरेको क्षेत्रिय एवम चुनावी सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएको ओलीले सो कुरा बताउनु भएको हो ।

क्यान्टनमेन्टको रकम अनियमितता भएको जस्तै अहिले फेरी कार्यकर्तालाई रकम बाडेर रकम संकलनमा लागेको समेत बताउनु भएको छ । एमालेका कार्यकर्तालाई फसाउने र जिस्काउने काम गरे एमाले चुप लागेर नबस्ने समेत बताउनु भयो ।

लोकतन्त्र र संविधानलाई सिध्याउने काममा अहिलेका सत्ता गठबन्धन लागि रहेको आरोप लगाउनु भएको छ । आफनो गल्तीलाई ढाकछोप गर्दै अदालत जस्तो पवित्र संस्थालाई निष्पक्ष रुपमा काम नगर्न नदिन भन्दै बिभिन्न जालझेल गरेर न्यायलयलाई पनि गुमराहमा पार्ने काम समेत गठबनधनका नेताहरुले गरीरहेका दोषारोपन गर्नु भयो । ओलीले उपेन्द्र यादव जनताबाट अनुमोदित नभई प्रजाय भईसकेको पात्र भएपनि फेरी बाराका जनतालाई ठग्न आएको आरोप लगाउनुभयो । अहिले सम्म मधेस केन्द्रित दलहरु मध्ये सबै भन्दा बढी सत्तामा बसेको पात्रको रुपमा यादव रहेको भएपनि तराई मधेसमा बिकास गर्न नसकेको भन्दै हिजो सम्म केही नगर्ने उनीसंग अव केही गर्दछ कि भनेर आसा नराख्न बाराबासीलाई आग्रह गर्नुभयो ।
अर्को निर्वाचनमा एमाले बहुमतको सरकार निर्माण गर्नेमा आफु आशावादी रहेको बताउदै देशको बिकास, समृद्धि, स्थायीत्व एमाले पार्टीले नै दिने ठोकुवा गर्नुभयो ।

मधेसमा देखिएको नागरिकताको समस्यालाई पनि एमालेले नै समाधान गरी नेपालमा जन्मेका सबै दाजुभाई दिदीबहिनीहरुलाई नागरिकता प्रदान गर्नका लागि कुनै कसर बाकी नराख्ने ओलीले भन्नुभयो । एमालेका जिल्ला अध्यक्ष बिनोद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा साँसद रघुबिर महासेठ, अच्चुत मैनाली, ज्वाला कुमारी साह, निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल लगायतकाले आफनो बिचार ब्यतm गर्नुभएको थियो ।

बाराको क्षेत्र नं. २ मा बैशाख १० गते हुने भएपछि ओली बारा आएका हुन ।

शेयर
प्रतिक्रिया
Skip to content