प्रधानमन्त्री सहित प्रमुख सबै दलका अध्यक्षको चुनावी सभा बारामा
बारा । बाराको निर्वाचन क्षेत्र नं. २ मा प्रधानमन्त्री सहित प्रमुख सबै दलका अध्यक्षको चुनावी सभा बरियारपुर गढीमाई परिषरमा आज सम्पन्न भएको छ ।
चुनावी सभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष एवम सत्ता गठबन्धनका उम्मेदबार उपेन्द्र यादब र लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सम्बोधन गर्नु भएको हो । नेताहरुले अहिलेको अबस्थामा जिल्लाको बिकास गर्न सक्ने नेता उपेन्द्र यादबलाई मत दिन आग्रह गरेका थिए ।
यता नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको पचरौता स्थित बनौलीमा चुनावी सम्बोधन गर्नु भएको छ ।
चाडै निजगढ बिमाल स्थलको शिलान्यस हुन्छ प्रधानमन्त्री
प्रधामन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले अव चाडै निजगढ बिमाल स्थलको शिलान्यस गर्ने तयारी भईरहेको बताउनु भएको छ । पाँच दलिय गठबन्धनको बृहत आम सभालाई महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित रहेको गढीमाई मन्दिरको प्राङणमा आयोजित बृहत सभालाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । प्रमुख अतिथी समेत रहनु भएका प्रचण्डले बिमान स्थलको सबै प्रक्रिया शुरु भईसकेको हुदा निर्माणको प्रक्रिया चाडै नै शुरु भई काम अगाडी बढाउन मातहतका सबैलाई निर्देशन दिइ सकेको बताउनुभयो ।
गढीमाई मन्दिरलाई राष्ट्रिय स्तरको रुपमा बिकास गर्दै लुम्वनी, पशुपति बिकास कोष जस्तै यसलाई सोही अनुरुपको बिकास कोषमा परिणत गराउनका लागि पहल गर्ने कुरामा जोड दिएका थिए । कोरोना कालमा बन्द रहेको भंसारहरुलाई सुचारु गर्न, नागरिता बिधेयक राष्ट्र«पतिबाट प्रमाणिकरण गराई पास गराउन, मधेसमा बिधुतिय सिचाई निर्माण गर्ने, अर्थतन्त्रलाई सुधारन्मुख गर्नेका लागि सरकार अगाडी बढी रहेको कुरामा जोड दिएका थिए ।
संविधानको रक्षा गर्नका लागि नै पाँच दलिय गठबन्धन भएको बताउदै प्रधानमन्त्री दहालले राष्ट्रिय एकता दिगो शान्ति, बिकास ,समृद्धिका लागि अहिलेको सरकार लागी परिरहेको कुरामा जोड दिनुभएको थियो ।
भष्टाचारलाई शुन्य सहनसिलतामा झार्दै अर्थतन्त्रलाई उकास्ने काम पनि गठबन्धनको सरकार लागी परेको प्रधानमन्त्री दहालको भनाई रहेको थियो । ५ बर्ष सम्म यो पाँच दलिय गठबन्धन रहि रहने भएको हुदा अझै यसलाई प्रगाढ बनाउने दिशा अघी बढनुपर्ने उहाँको कथन रहेको थियो । गठबन्धनलाईलाई कमजोर गर्नका लागि बिभिन्न प्रकारका षडयन्त्रहरु भईरहेको हुदा ती षडयन्त्रलाई चिर्ने कामपनि गठबन्धनबाट नै गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
देशलाई राष्ट्रिय एकताको सुत्रमा बाध्ने काम पनि गठबन्धनले नै गर्ने हुदा तराई , पहाड र हिमालका जनतालाई अपनत्व हुने किसिमका काम यो सरकारले प्राथमिकतामा राखेको उनले बताए । उपेन्द्र यादव मधेसको जनताको अधिकारको लागि लडी रहने नेता भएको हुदा उहाँलाई जिताउन आग्रह समेत गर्नुभएको थियो ।
लोकतन्त्रलाई सिध्याउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरे काँग्रेसका सभापति देउवा
पुर्व प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सिध्याउने काम नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने षडयन्त्र गरेको हुदा सो षडयन्त्रलाई चिर्दै अहिले सम्मको प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि अहिलेको गठबन्धन आवश्यक भएको बताउनु भएको छ ।
उहाँले मधेशको मुद्यामा पटक पटक लडेको मानिस उपेन्द्र यादब भएकोले मत दिएर जिताउन आग्रह समेत गर्नु भएको थियो ।
मुलुकमा स्थायित्व कायम गर्न उपेन्द्र यादब मत पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल
कार्यत्रमलाई सम्बोधन गर्दै नेकपा एसका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले मुलुकमा स्थायित्व कायम गर्न शान्ति कायम र कानुनी राज्यलाई परिपलना गराउने दिशामा यो गठबन्धनले लागि परेको बताउनु भयो ।
क्षेत्रको बिकासको कुनै कसर बाकी नराख्ने उम्मेदवार उपेन्द यादव
कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका केन्द्रिय अध्यक्ष एवम बारा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द यादवले यस क्षेत्रको बिकासको कुनै कसर बाकी नराख्ने बताउदै मधेस संग पटक पटक धोका पाएका केपी ओलीको हैकबाधी अव नरहने कुरामा जोड दिनुभएको थियो ।
राज्यको ध्यान अहिले बारा निर्वाचन क्षेत्र नम्बर २ मा रहेको हुदा गठबन्धनको सरकारले यहाँ शिक्षा, स्वास्थ्य, सिचाई, खानेपानी, बाटोघाटो, कृषिका लागि सहज सुलभ रुपमा मल खाद उपलश गराउन माँग गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका नेता जितेन्द्र सोनलले तराई मधेसको समस्या अहिलेको गठबन्धनले नै समाधान गर्ने कुरामा जोड दिनुभयो ।
संघियता कमजोर पार्ने सडयन्त्र भईरहेको हुदा बचाउनका लागि गठबन्धन कसिएर लाग्नुपर्ने धारण ब्यतm गर्नुभएको थियो । नेपाली काँग्रेसका जिल्ला सभापति राजेशराय यादवको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा काँग्रेसका महिला नेतृ बबिता जयसवाल, लोसपाका नेता मोतिलाल कुसवाहा लगायतकाले आफनो बिचार ब्यतm गर्नुभएको थियो ।
कार्यक्रममा महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव, उपप्रमुख तारादेव्ी कानु , जिल्ला अध्यक्ष यादव, सचिव भैयाराम यादव, महागढीमाई नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मनोज साहले संयुतm रुपमा ५१ किलोको माला लगाई स्वागत गर्नुभएको थियो ।