सिमरा ।जीतपुर सिमरा उपमहानगरपालिका १६ स्वाभिमानवस्ती( कतर्वा)मा रहेकाे श्री नेपाल राष्ट्रिय अाधारभूत बिधालयमा राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्तरर्गत २ काेठे भवनको उपमेयर भाेला प्रसाद अधिकारीले शिलान्यास गर्नुभयो ।
२०२७ सालमा स्थापना भएकाे साबिक डुमरवाना गाउँ विकास समिति वडा नं ७ हाल जितपुर सिमरा १६ मा रहेकाे यश भेगकाे सबैभन्दा पुरानाे विधालय रहे पनि सराेकार वालाहरूकाे वेवास्थाका कारण जिण्ण वन्दै गएकाे बेला वडा अध्यक्ष हरिदेब खरेलकाे विषेश पहलमा २ काेठे भवनकाे शिलान्यास हुन सम्भव भएकाे विधालय ब्यवस्थापन समितपका अध्यक्ष गंगा प्रसाद मैनालीले जानकारी दिनुभयाे ।
यसै अावका लागि वडा कार्यालयले पनि रू १ लाख र यसै क्षेत्रकाे बिकाशका लागि रू ३० लाख रूपैयाकाे बजेट बाट बाटाे ढलानकाे काम सम्पन्न गरेकाे र अागामी दिनमा पनि विधालय लगायतका विकास निर्माण र शैक्षिक सुधारमा वडा कार्यालयले सक्दाे सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयाे ।
शिलान्यास कार्यक्रममा १६ नम्बरका वडा सदश्यहरू साेममाया रिमाल (कमला), हेम बहादुर बुर्जामगर लगाएत स्थानीय समाजसेवी,शिक्षा प्रेमी लगायतकाकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपमेयर अधिकारीले अाज शिलान्यास गरिएकाे भवन र अावश्यक्ता अनुसार विधालय शुधारका लागि अाफुले विषेश पहल गर्ने बताउनुभयाे ।
उपमेयर अधिकारीले नगरकाे बजेटबाट जलेश्वर महादेव मन्दिर धार्मिक पर्यटकिय क्षेत्र भित्र लक्ष्मी नारायण मन्दिर निर्माणका लागि ५ लाख रकम विनियाेजन गरेकाे जानकारी दिनुभयाे ।
नेपाल प्रेस युनियनका केन्द्रीय सदश्य गणेशराज रिजालले यश भेगकाे पुरानो बिधालय भए पनि अाजका दिनमा विधालयकाे भाैतिक अवस्था र शिक्षकहरूकाे अदुर दर्सिताका कारण विधालयकाे शैक्षिक स्तर माथी उठन नसकेकाे अाैल्याउनु भयाे ।
जीतपुर सिमरा उपमहानगरपालिकाले शुरू गरेकाे शैक्षिक गुणस्तर सुधारमा सबैले साथ दिनुपर्नेमा जाेड दिनुभयो ।
विधालयका प्रअ ब्रहमलाल बछाडले संचालन गरेकाे कार्यक्रममा शिक्षक स.प्र.अ. रमेश साहले स्वागत मन्तब्य तथा विधालय ब्यवस्थापन समितिका अध्यक्ष गंगा प्रसाद मैनालीकाे अध्यक्षता रहेकाे थियाे ।